सुर्खेत, २८ चैत । कर्णाली प्रदेशको मुख्य न्यायाधीवक्तामा अधिवक्ता विद्याभूषण मानन्धर नियुक्त हुनु भएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा मानन्धरलाई प्रदेश सरकारको मुख्य न्यायाधीवक्तामा प्रदेश प्रमुख दुर्गाकेशर खनालले बुधबार नियुक्त गर्नुभएको हो ।
मुख्य न्यायाधीवक्ता मानन्धरलाई बुधबार दिउँसो ३ बजे सपथ खुवाउने तयारी रहेको प्रदेश प्रमुखका संयोजक श्रीधर पौड्यालले जानकारी दिनुभयो । प्रदेश प्रमुखको कार्यालयमा मुख्य न्यायाधीवक्ता मानन्धरलाई उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरि पोखरेलले सपथ खुवाउनु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्