ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेनी–जोमसोम सडकखण्डको स्तरोन्नति


ABC NEWS
१७ श्रावण २०८३, आइतबार   ५ : ४५   बजे

 

म्याग्दी। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्डका विभिन्न स्थानमा पहिरो नियन्त्रण गरी सडक स्तरोन्नति योजना सञ्चालन गरिएको छ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दी खण्डको गलेश्वरदेखि वैँसरी र वैँसरीदेखि रातोपानी खण्डका विभिन्न स्थानमा पहिरो नियन्त्रण गरी सडक फराकिलो बनाउने तथा स्तरोन्नतिको काम थालेको हो।

यसअघि सडक निर्माणका क्रममा पहिरोका कारण ठेक्काबाट हटाइएका खण्डहरूमा पहिरो नियन्त्रण गरेर सडक फराकिलो बनाउने, कल्भर्ट निर्माण गर्ने, ग्याबिन जाली लगाउने, पक्की पर्खाल निर्माण गर्ने तथा सडक ढलान गर्ने काम भइरहेको आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो।

आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी बाबुसाहेबकुमार बैठाले दिनुभएको जानकारी अनुसार गलेश्वरदेखि रातोपानीसम्म दुई प्याकेजमा ठेक्का सम्झौता गरी सडक स्तरोन्नति थालिएको छ।

गलेश्वरदेखि वैँसरीसम्मका विभिन्न स्थानमा सडक स्तरोन्नति तथा ढलानका लागि गुरुङ शङ्करश्री क्रियटिभ जेभीसँग सात करोड ३० लाख रुपियाँमा गत वैशाखमा ठेक्का सम्झौता भएको थियो। अहिले निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भई सडक निर्माण थालिएको छ। यो खण्डअन्तर्गत तिल्केनी, राउपारे र वैँसरीमा गरी एक किलोमिटर दुई सय मिटर सडक ढलान र विभिन्न स्थानमा गरी दुई हजार तीन सय घनमिटर ग्याबिन, प्लम र कङ्क्रिट पर्खाल लगायतका संरचना निर्माण गरिने छ।

यसैगरी वैँसरीदेखि अन्नपूर्ण गाउँपालिकाको रातोपानीसम्मको सडक स्तरोन्नतिका लागि कालीमाता–थापाकाजी–रासुवा जेभीसँग आठ करोड रुपियाँमा ठेक्का सम्झौता गरी काम थालिएको छ। यसअन्तर्गत वैँसरी, महरभीर, भीरकाटे र रातोपानी खण्डमा सडक स्तरोन्नति गरी ढलान गर्न लागिएको छ। यसै खण्डमा पर्ने भीरकाटेमा विस्फोटक पदार्थ प्रयोग गरी पहरा फुटाएर सडक फराकिलो बनाउने कार्य जारी छ।

यस खण्डका विभिन्न स्थानमा एक हजार आठ सय ९० घनमिटर ग्याबिन जाली लगाउने, प्लम तथा कङ्क्रिट पर्खाल निर्माण गरेर सडक संरक्षण गरी करिब दुई किलोमिटर (चार हजार तीन सय ७१ घनमिटर) सडक ढलान गरिने इन्जिनियर बैठाले जानकारी दिनुभयो।

रातोपानीदेखि मुस्ताङ जिल्लाको सीमामा पर्ने काभ्रेभीरसम्मको पहिरो नियन्त्रणको काम सम्पन्न गरी स्तरोन्नतिका लागि ठेक्का व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेका गुइँठेभीर, खामभित्ता लगायतका स्थानमा अहिले पहिरो नियन्त्रणको काम अन्तिम चरणमा पुगेको छ।

कमजोर भूबनोटका कारण कालीगण्डकी करिडोरको म्याग्दी खण्डमा बर्खायाममा बाढीपहिरोका कारण सिधा यातायात अवरुद्ध हुने समस्या रहेकाले सडक स्तरोन्नति तथा पहिरो नियन्त्रणलाई प्राथमिकता दिइएको आयोजनाले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पृथ्वीराजमार्गको छिर्कनेखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौंको सवारी जाम : समय, श्रम र अर्थतन्त्रमा बढ्दो भार

सम्बन्धित

पहिरोको जोखिमबीच पोखराबाट काठमाडौँ फर्किँदै प्रधानमन्त्री बालेन

छिटो न्याय दिए मात्रै जनताको भरोसा बढ्छ : प्रधानन्यायाधीश शर्मा

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

नवनिर्मित सभाहलमा फर्किँदै गण्डकी प्रदेशसभा, भदौ ११ मा मुख्यमन्त्रीसँग सांसदको प्रत्यक्ष सवाल-जवाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu