ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्नपूर्ण गाउँपालिकामा वडा थप्ने प्रस्ताव : घान्द्रुक र सल्यानमा नयाँ संरचनाको तयारी


ABC NEWS
१८ श्रावण २०८३, सोमबार   १ : ३५   बजे

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय तहको संरचना पुनरावलोकन गर्दै घान्द्रुक र सल्यान क्षेत्रमा नयाँ वडा थप्ने प्रस्ताव अघि सारेको छ।

पालिका तथा वडा संरचना, सीमाना हेरफेर, वर्गीकरण र पुनरावलोकनसम्बन्धी सर्वदलीय बैठकमा स्थानीय आवश्यकता, भौगोलिक अवस्था र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित प्रस्तावमाथि छलफल गरिएको हो।

गाउँपालिकाले कार्यपालिकाबाट अनुमोदन गरिसकेको प्रस्तावअनुसार साविक घान्द्रुक गाविसलाई हालको २ वडाबाट ३ वडामा र साविक सल्यान गाविसलाई पनि २ वडाबाट ३ वडामा विभाजन गर्ने तयारी गरेको छ।

बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले संरचनागत पुनर्संरचना स्थानीय आवश्यकताअनुसार, सर्वसम्मति र सहमतिका आधारमा गर्नुपर्नेमा जोड दिएका छन्।

अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले यो प्रारम्भिक प्रस्ताव मात्र भएको स्पष्ट गर्दै अन्तिम निर्णय भने संघीय सरकारले गर्ने बताइन्। उनका अनुसार वडा कार्यालयसम्म पुग्न नागरिकले भोग्दै आएको कठिनाइ र ठूलो भूगोलका कारण सेवा प्रवाह प्रभावित भएकाले वडा थप्ने प्रस्ताव अघि सारिएको हो।

गाउँपालिकाले सरोकारवाला निकायसँग समन्वय गर्दै पारदर्शी र सहभागितामूलक प्रक्रियामार्फत आवश्यक निर्णयमा पुग्ने जनाएको छ।

हाल ११ वडा रहेको अन्नपूर्ण गाउँपालिकाको क्षेत्रफल ४१७.७४ वर्ग किलोमिटर रहेको छ भने राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँ २२ हजार ९९ जनसंख्या रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पृथ्वीराजमार्गको छिर्कनेखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौंको सवारी जाम : समय, श्रम र अर्थतन्त्रमा बढ्दो भार

सम्बन्धित

पहिरोको जोखिमबीच पोखराबाट काठमाडौँ फर्किँदै प्रधानमन्त्री बालेन

छिटो न्याय दिए मात्रै जनताको भरोसा बढ्छ : प्रधानन्यायाधीश शर्मा

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

नवनिर्मित सभाहलमा फर्किँदै गण्डकी प्रदेशसभा, भदौ ११ मा मुख्यमन्त्रीसँग सांसदको प्रत्यक्ष सवाल-जवाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu