काठमाडौं, २९ चैत । मलेसियास्थित नेपाली दूतावासले समस्यामा परेका ३० जना नेपालीको उद्धार गरी नेपाल फर्काएको छ । मलेसियाको बुकिट जलिल घर फिर्ती केन्द्रमा रहेका उनीहरुलाई वैदेशिक रोजगार प्रर्बद्धन बोर्डको सहयोगमा एकतर्फी हवाई टिकट उपलब्ध गराएर नेपाल फर्काएको हो ।
फर्किनेमा महोत्तरीका राम विश्वास, बाँकेका तेजबहादुर सुनार, इलामका ज्ञानेन्द्रबहादुर लिम्बु, झापाकी शुस्मा सार्की विश्वकर्मा, खोटाङका देवप्रकाश राई, लमजुङ्का आइतसिङ गुरुङ, मोरङका जितबहादुर शाक्य र दिलबहादुर खत्री, मकवानपुरका लालबाबु लोप्चन, धादिङका गोपाल आछामी, ताप्लेजुङका प्रकाश राई, रसुवाका राम तामाङ र सप्तरिका रामदेव खाङ् , दाङका ज्ञानबहादुर खड्का, नवलपरासीका टेकबहादुर बहरघरे, बझाङका उकिल भण्डारी, दोलखाका सरोज गुरुङ, सुनसरीका चन्दे्रश्वरकुमार चौधरी, सर्लाही शुवोधकुमार झा र सल्यानका युवराज घर्तीलाई दूतावासले नेपाल फर्काएको हो ।
महोत्तरीका सुजितकुमार भुजेल, संखुवासभाका लोककुमार मोक्तान, मकवानपुरका राजु रानामगर, सिन्धुलीका चुनबहादुर कार्की, रोल्पाका ज्ञानबहादुर घर्ती, उदयपुरका मानबहादुर परियार, ताप्लेजुङका डम्बरसिंङ खिम्दिङ र सल्यानका युवराज घर्तीलाई रहेको दूतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्