ओखलढुंगा, चैत २९– विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुले मध्य रातमा उज्जन श्रेष्ठको शालिक तोडफोड गरेका छन् ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका–४, स्थित अरुणदय माविको हाताभित्र निर्माण गरिएको श्रेष्ठको शालिक बुधबार मध्यराति नेकपाका कार्यकर्ताहरुले तोडफोड गरेर ढालेका हुन् ।
स्थानीयका अनुसार ‘एकीकृत जनक्रान्ती जिन्दावाद, जनयुद्धका हत्यारालाई छोड्दैनौं, उज्जन हत्यारा हो, बालकृष्ण ढुंगेललाई रिहाई गर’, जस्ता नारा लगाउँदै आएका नेकपाका कार्यकर्ताहरुले शालिक तोडफोड गरेका हुन् ।
जनयुद्धकालिन मुद्दा व्यूत्याएर बालकृष्ण ढुंगेललाई जेल हालेको, विद्यालय हाताभित्र शालिक निर्माण गरेको र शालिक निर्माणको नाममा विदेशी डलर ल्याएकोले शालिक तोडफोड गर्नु परेको विप्लवले जनाएको छ । शालिक केही दिन पहिलेमात्रै अनावरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्