काठमाडौं, २९ चैत्र । प्रतिबन्धित भारतीय ४९ लाख ३१ हजार ५ सय नोटसहित २ जना नेपाली नागरिक पक्राउ परेका छन । महानगरीय प्रहरी परिसर, काठमाडौको विशेष टोलीले बुधबार दिउँसो साँढे २ बजेतिर लाजिम्पाट ईकालाबाट सो परिमाणको प्रतिबन्धित भारतीय नोटसहित मोरङ कटहरी गाउँपालिका वडा नम्बर ३ का ३१ वर्षीय सुनिल देव बैश्य र नुवाकोटा शिवपुरी गाउँपालिका वडा नम्बर ५ का ५० वर्षीय चेतबहादुर नेपालीलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई शुक्रवार पत्रकार सम्मेलनगरी सार्वजनिक गर्दै महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई प्रतिबन्धित भारतीय नोटसहित पक्राउ गर्न सफल भएको बताउनु भयो ।
बैश्य र नेपालीको साथबाट १००० दलका २२ सय ६ थान र ५ सय दरको ५ हजार ४ सय ५१ थान भारतीय प्रतिबन्धित नोट बरामद गरिएको छ । घटनामा व्यापारीहरुको संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको पनि एसएसपी पोखरेलले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्