ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’


ABC NEWS
२१ श्रावण २०८३, बिहिबार   ९ : ३१   बजे

 

काठमाडौं । जर्मनीको लाइपजिग–हाले विमानस्थलमा विस्फोटक पदार्थ जडान गरिएको ड्रोन फेला परेपछि त्यसलाई सुरक्षित रूपमा निष्क्रिय गरिएको छ। घटनापछि जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्डले यसलाई देशको हवाई सुरक्षासामु देखा परेको ‘नयाँ प्रकृतिको सुरक्षा चुनौती’ भएको बताएका छन्। मंगलबार राति रनवेनजिक शंकास्पद ड्रोन देखिएपछि विमानस्थलका दुवै रनवे केही समयका लागि बन्द गरिएका थिए, जसका कारण केही मालवाहक तथा एक यात्रुवाहक विमानलाई वैकल्पिक विमानस्थलतर्फ मोड्नुपरेको थियो।

सुरक्षा निकायले बम डिस्पोजल रोबोट प्रयोग गरी ड्रोनमा जडित विस्फोटक उपकरण सुरक्षित रूपमा निष्क्रिय पारेको जनाएको छ। घटनाको अनुसन्धान जारी रहेकाले ड्रोन कसले, किन र कसरी विमानस्थलसम्म पुर्‍यायो भन्नेबारे अहिले नै निष्कर्षमा पुग्न नसकिने अधिकारीहरूको भनाइ छ। जर्मनीका सुरक्षा निकायले सम्भावित दोस्रो ड्रोनको खोजीसमेत जारी राखेका छन्।

युरोपकै प्रमुख कार्गो केन्द्रमध्ये एक मानिने लाइपजिग–हाले विमानस्थलमा युक्रेनी एन्टोनोभ मालवाहक विमानको नियमित आवागमन हुने गर्छ। घटनाबारे नाटोले पनि जानकारी लिएको जनाएको छ भने युरोपमा पछिल्ला वर्षहरूमा बढ्दै गएका हाइब्रिड सुरक्षा चुनौतीसँग यस घटनालाई जोडेर अनुसन्धान अघि बढाइएको छ। अधिकारीहरूले घटनाबाट यात्रु वा कर्मचारीको सुरक्षामा प्रत्यक्ष क्षति नभएको र केही समयपछि विमानस्थलको उडान सेवा पुनः सञ्चालनमा आएको बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu