ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वडा कार्यालय भवन निर्माण योजना अलपत्र


एबीसी न्यूज
३० चैत्र २०७४, शुक्रबार   १२ : ५९   बजे

 

म्याग्दी, ३० चैत।  अन्नपूर्ण गाउँपालिका–६ घारको वडा कार्यालय भवन निर्माण योजना अलपत्र परेको छ ।

जिल्ला प्राविधिक कार्यालयले आर्थिक वर्ष २०७३÷७४ मा अन्नपूर्ण गाउँपालिका–६ घारमा साविकको गाविस भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

विसं २०७३ असार ३० गते ठेक्का सम्झौता भएको उक्त भवन निर्माण योजना अहिले अलपत्र बनेको हो । क्रमागत योजनाका लागि चालू आवमा बजेट नआएपछि समस्या भएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयको शान्ति तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत ठेक्का सम्झौता भएको उक्त भवनका लागि बजेट नआएपछि अलपत्र परेको हो ।

निर्माण कम्पनी भगवती मालिका कन्स्ट्रक्सनसँग रु ३८ लाख ५० हजार ८१८ रकममा योजना सम्झौता भए पनि योजनाका लागि पूरा बजेट नभएपछि अहिले उक्त योजना अधुरो अवस्था छ ।

जग बसालेर वरिपरि पर्खाल लगाउने काम गरिए पनि पहिलो तलाको ढलानसमेत नभएका कारण बनाइएको पूर्वाधारसमेत भत्कने अवस्थामा पुगेको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो । भवन निर्माण योजना अलपत्र परेका कारण अहिले वडा कार्यालय सञ्चालनमै समस्या भएको वडाध्यक्ष बरुवालले बताउनुभयो ।

भवन अभावले वडा कार्यालयको सेवा साँघुरो र पुरानो भवनबाट सञ्चान भइरहेको छ । वडा कार्यालय सञ्चालन भएको एकतले पुरानो टिनको छाप्रोबाट घार स्वास्थ्य चौकी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को कार्यालयसमेत सञ्चालनमा छ ।

साँघुरो भवनबाट तीन कार्यालयको सेवा प्रवाह गर्दा समस्या उत्पन्न भएको कर्मचारीको भनाइ छ । अन्नपूर्ण गाउँपालिकाकै वडा नं ७ को साविक हिस्तान गाविस भवन, धौलागिरि गाउँपालिका–७ ताकमको वडा कार्यालय भवनसमेत अल्पत्र अवस्थामा छन् ।

ताकमको वडा भवनका लागि जग खन्नेमात्र काम भएको छ भने २०७३ असोजमा सम्पन्न गर्ने लक्ष्य राखिएको साविक हिस्तान गाविसको भवन निर्माण योजनाको काम सम्झौता भएको दुई वर्षसम्म निर्माण शुरु भएको छैन । काम शुरु नगरेपछि निर्माण कम्पनीलाई दिइएको पेश्की रकमसमेत बैंकमार्फत तानिएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिका–५ शिखको साविक गाविस भवन अझै पनि अधकल्चो अवस्थामा छ । ठेकेदार कम्पनीले योजनालाई अधुरो अवस्थामा छाडेपछि अहिलेसम्म उक्त भवन उपयोगमा आउन सकेको छैन ।

शान्ति तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत साविकका गाविस भवनका क्रमागत योजनाका लागि चालू आवमा बजेट नआएपछि समस्या भएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।

चालू आवको बजेट बनाउने क्रममा अर्थ मन्त्रालयले शान्ति तथा पुनःनिर्माण मन्त्रालयद्वारा सञ्चालित कार्यक्रम समावेश नगरेकाले बजेट अभाव भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Israel Unveils Facility for Execution of Palestinian Prisoners

Trump Announces Canada Trade Deal, But Details Remain Unclear

US Sanctions International Criminal Court Officials in Escalating Dispute

Personalized mRNA Vaccine Shows Promise in Reducing Melanoma Recurrence

Zelensky Dismisses Top Aide Amid Corruption Investigation

Shanghai Deploys AI Tourist Terminals to Serve Rising Inbound Traveler Numbers

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu