३० चैत, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आउने फेक न्यूज धेरैका लागि टाउको दुखाइको विषय बनेको छ ।आज भोली फेसवुक बन्द हुने भन्दै संचार मन्त्रालयको लेटरप्याडरमा छाप लगाएको पत्र ले दिनानु दिन चर्चा पाएको छ । तर यो बास्तवीक नभएको संचार मन्त्रालयले जनाएको छ ।
फेक न्यूजदेखि डाटाको दुरुपयोगलाई लिएर फेसबुकका संस्थापक मार्क जुकरबर्गले पनि माफी माग्दै हिँड्नु परेको छ । मन्त्रालयको लेटरप्याडमा फोटोसपबाट बनाएर फेसबुक बन्द गर्ने अफवाह फैलाइएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति नै जारी गरेर यसबारे ध्यानाकर्षण भएको जनाएको छ र फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने हल्लाको खण्डन गरेको छ । गलत सूचना फैलाउनेलाई कारबही गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई भनिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्