काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ मा कारोबार भइरहेको छ।
आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ थियो।
यस्तै, सोमबार चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँ मा कारोबार भएको थियो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्