ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य बीमामार्फत ४२ हजारभन्दा बढी कडा रोगका बिरामीले उपचार पाए


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   १२ : १५   बजे

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य बीमामार्फत ४२ हजार १३१ जना कडा रोगका बिरामीले उपचार सुविधा पाएका छन्।

स्वास्थ्य बीमा बोर्डका अनुसार उपचार सुविधा लिनेमा सबैभन्दा धेरै क्यान्सरका बिरामी रहेका छन्। गत आर्थिक वर्षमा १९ हजार ५४४ जना क्यान्सरपीडितले स्वास्थ्य बीमामार्फत उपचार सुविधा लिएका छन्।

त्यसैगरी १२ हजार ८२४ जना मिर्गौलापीडितले उपचार सुविधा पाएका छन्। बोर्डका अनुसार मुटुरोगका ६ हजार ८२९, सिकलसेल एनिमियाका १ हजार ४२७, स्पाइनल इन्जुरीका ९४२, हेड इन्जुरीका ४३७, पार्किन्सोनिजमका ८२ र अल्जाइमर्सका ४६ जना बिरामीले पनि स्वास्थ्य बीमामार्फत उपचार सुविधा पाएका छन्।

सरकारले यी आठ प्रकारका कडा रोगका बिरामीलाई स्वास्थ्य बीमामार्फत २ लाख रुपैयाँसम्मको उपचार सुविधा उपलब्ध गराउँदै आएको छ।

तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको कार्यकालमा सरकारले कडा रोगका बिरामीलाई दिँदै आएको उपचार सुविधा १ लाख रुपैयाँबाट बढाएर २ लाख रुपैयाँ पुर्‍याएको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा सवारी दुर्घटनामा पाँचजनाको मृत्यु, १२७ भन्दा बढी घाइते

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

सम्बन्धित

गाडी किन्न बैंकको तछाडमछाड, उद्योग चलाउन किन कर्जा संकट?

ग्लोबल आइएमई क्यापिटलले १ अर्बको म्युचुअल फन्ड ल्याउँदै

बढ्दो खराब कर्जाले दबाबमा बैंकिङ क्षेत्र, नाफादेखि नयाँ कर्जा प्रवाहसम्म असर

अर्थमन्त्री वाग्लेले आज बहुराष्ट्रिय कम्पनीका सञ्चालकसँग छलफल गर्दै

भदौ ९ देखि ‘नाडा अटो शो २०२६’ आयोजना हुँदै, २०० स्टल रहने

चार महिनामा देशभर विपद्का ४ हजार ४५२ घटना, २०५ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu