ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैध लगानी र नाफाको सुरक्षा सरकारको प्रमुख दायित्व : अर्थमन्त्री वाग्ले


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ४ : ०५   बजे

काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका छन्।

सोमबार अर्थ मन्त्रालयमा २० ठूला करदाता तथा बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा थप लगानी गर्न, उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न र नयाँ प्रविधि भित्र्याउन निजी क्षेत्रलाई आग्रह गरे। उनले लगानी विस्तारका लागि आवश्यक वातावरण निर्माणमा सरकार निजी क्षेत्रसँगै रहेको स्पष्ट पारे।

‘उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित छ, नियम स्थिर छन्, कर प्रणाली पूर्वानुमानयोग्य छ र राज्य आफ्नो साझेदारका रूपमा उभिएको छ भन्ने विश्वास गर्न सक्नुपर्छ,’ उनले भने, ‘त्यो विश्वास निर्माण नगरी ठूलो लगानी आउँदैन र उद्योग विस्तार हुँदैन। त्यो विश्वास निर्माण भयो भने मात्रै आर्थिक रूपान्तरण सम्भव हुन्छ।’

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रसँगको सोमबारको छलफललाई औपचारिक भेटघाटमा मात्र सीमित नराखी सरकार र राष्ट्र निर्माणमा अग्रणी भूमिका खेलिरहेको निजी क्षेत्रबीच नयाँ र गहिरो विश्वास, सहकार्य तथा प्रतिबद्धता निर्माण गर्ने प्रयासका रूपमा व्याख्या गरे।

समस्याको समयबद्ध समाधान गर्ने प्रतिबद्धता

छलफलका क्रममा उद्यमीहरूले उठाएका समस्या तथा विषयलाई कार्यान्वयनमा लैजान सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय गरिने अर्थमन्त्री वाग्लेले बताए।

यसका लागि अर्थ मन्त्रालयले ‘रेस्पोन्स डेस्क’ स्थापना गरी निजी क्षेत्रबाट आएका विषयको निरन्तर अनुगमन गर्ने उनले जानकारी दिए।

समस्या समाधान नभएसम्म निजी क्षेत्रसँगको यस्तो संवादलाई निरन्तरता दिइने उनको भनाइ थियो।

‘हामी यस्तो वातावरण निर्माण गर्न चाहन्छौँ जहाँ उद्योगी सफल हुँदा समाज गर्व गरोस्, लगानीकर्ता सुरक्षित महसुस गरोस्, करदाता सम्मानित होस् र युवा उद्यम गर्न प्रेरित होस्,’ वाग्लेले भने।

यही विश्वासका आधारमा नेपाललाई लगानीमैत्री, व्यवसायमैत्री र उत्पादनमुखी अर्थतन्त्र बनाउने अभियानमा सरकार अघि बढेको उनले बताए।

अर्थमन्त्री वाग्लेले सरकार र निजी क्षेत्रबीचको साझेदारीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए। निजी क्षेत्रको लगानी विस्तार, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।

उनले आगामी दशकलाई नेपालमा ठूलो लगानी, ठूलो उत्पादन, ठूलो रोजगारी र ठूलो आत्मविश्वासको दशक बनाउने विश्वास व्यक्त गरे।

छलफलमा सूर्य नेपाल, एनसेल आजियाटा, आरती स्ट्राईप्स, गोर्खा ब्रुअरी, हिमालय एयरलाइन्स, होङ्शी शिवम् सिमेन्ट, डुसान इन्फ्राबिल्डिटी, डाबर नेपाल, बोटलर्स नेपाल (तराई), युनिलिभर नेपाल, एसियन पेन्ट्स नेपाल, पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना, गोर्खा लाहरी, ह्वासिन सिमेन्ट नारायणी, न्यू होप एग्रो बिजनेस नेपाल, नेपाल वेलहोप एग्रि–टेक, वरुण बेभरेज नेपाल, टर्किस एयरलाइन्स, भोटेकोशी पावर कम्पनी र बर्जर जेन्सन एन्ड निकोल्सन नेपालका प्रतिनिधिहरू सहभागी थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सभामुख अर्याल स्वास्थ्य परीक्षणपछि निवास फर्किए

संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Washington Post Ordered to Reinstate Columnist Karen Attiah

Russia Accuses Ukraine of Operating a ‘Concentration Camp’

Canada Threatens to Curtail Electricity Exports to U.S. Amid Trade Dispute

उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु

सभामुख अर्याल स्वास्थ्य परीक्षणपछि निवास फर्किए

संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu