काठमाडौं,१ वैशाख। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थिरता, सुशासन र समृद्धिको अभियानमा दृढतापूर्णक सहभागी हुन तथा आर्थिक विकासको यात्रमा अघिबढ्न सम्पूर्ण नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।
नयाँ वर्ष २०७५ को अवसरमा देशबासीलाई शुभकामना दिँदै प्रचण्डले समाजवादउन्मुख संघीय संविधानले परिकल्पना गरेको समाजवादी आधार निर्माणको दिशामा अघि बढ्नु अहिलेको कार्यभार भएको बताउनुभएको हो ।
‘२०७४ सालले हामीलाई दिएको स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अगाडि बढ्न म सबै नेपालीहरुमा विशेष अपिल गर्दछु’, शुभकामना सन्देशमा भनिएको छ, ‘समाजवादउन्मुख संघीय संविधानले परिकल्पना गरेको समाजवादी आधार निर्माणको दिशामा अघि बढ्नु अहिलेको हाम्रो कार्यभार हो ।’
प्रतिक्रिया दिनुहोस्