काठमाडौं, १ वैशाख । प्रहरीले तीन महिलालाई यौन ब्यवसाय चलाएको आरोपमा काठमाडौंको गौशाला क्षेत्रबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत गौशालाले यौन व्यवसायी गर्ने तीन महिलालाई पक्राउ गरेर मद्धा चलाएको छ । पक्राउ पर्नेमा सिराहा जिल्लाकी ५४ वर्षीया गीता दाहाल, झापा जिल्लाकी ३६ वर्षीया रश्मी सिटौला र तनहुँ जिल्लाकी ३४ वर्षीया जुना पोखरेल रहेका छन् । सिटौला र दाहालले विजय चोकमा कोठा भाडामा लिएर यौन व्यवसायी सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।
ठमेल क्षेत्रका मसाज सेन्टरमा हुने यौन व्यवसायलाई प्रहरीले नियन्त्रणमा लिएपछि यौनकर्मी र सञ्चालकले भाडामा कोठा लिएर यौनजन्य गतिविधि गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्