ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच महिनापछि नेपाल फर्किए शेरबहादुर देउवा, विमानस्थलमा भव्य स्वागत


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   १ : १५   बजे

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब पाँच महिनापछि आज नेपाल फर्किएका छन् । सिंगापुरमा उपचार गराएर स्वदेश फर्किएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेसका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।

देउवालाई स्वागत गर्न कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा नेताहरू विमानस्थल पुगेका थिए । देउवा पक्षीय नेता तथा कार्यकर्ताले उनलाई विशेष सम्मानसहित स्वागत गरेका थिए ।

स्वागतका लागि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, प्रकाशशरण महत, एनपी साउद, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, मोहनबहादुर बस्नेत, उमाकान्त चौधरीलगायतका नेता विमानस्थल पुगेका थिए ।

देउवाको स्वागतका लागि आउने नेता तथा कार्यकर्तालाई भेला हुन विमानस्थल प्रवेश गर्ने गेटअगाडिको खाली ठाउँ, नमस्ते गेटअगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पतालअगाडिको खाली ठाउँ गरी तीन स्थान तोकिएको थियो ।

देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए । उनको स्वदेश फर्किने कार्यक्रमलाई लक्षित गर्दै कांग्रेसको संस्थापनइतर समूहले नेता तथा कार्यकर्तालाई विमानस्थलमा उपस्थित हुन आह्वान गरेको थियो ।

कांग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवालाई स्वागत गर्न करिब ७ देखि ८ हजार नेता तथा कार्यकर्ता विमानस्थल क्षेत्रमा उपस्थित भएका थिए ।

स्वास्थ्यलाभको कामना

विमानस्थलमा आयोजित स्वागत कार्यक्रममा कांग्रेस नेताहरूले देउवाको स्वास्थ्यलाभको कामना गरेका थिए ।

नेताहरूले देउवाको स्वदेश आगमनले पार्टीभित्र नयाँ ऊर्जा र सकारात्मक सन्देश थपिएको बताएका छन् । लामो समय उपचारका क्रममा विदेशमा रहेका देउवा नेपाल फर्किएसँगै कांग्रेसको आन्तरिक राजनीति र आगामी गतिविधिमा समेत चासो बढेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

OpenAI Faces New Lawsuits Over Tumbler Ridge Mass Shooting

Republican Senator Calls for Trump to Fire Defense Secretary Over Iran War

Scams in the US Reach Record Highs; Victims Struggle for Recourse

Bessent: G20 Agrees on ‘Cheap Exports’ Issue, China Dissents

Tiger Woods Pleads No Contest to Reckless Driving Charge

Israeli Defence Minister Admits Plan to Remove Palestinians from Gaza

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu