काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका छन्। बैंकक हुँदै काठमाडौं आइपुगेका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेसका नेता तथा कार्यकर्ताले स्वागत गरेका हुन्।
देउवालाई स्वागत गर्न कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत र विमलेन्द्र निधिलगायतका नेता विमानस्थल पुगेका थिए।
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि आक्रमण भएको थियो। त्यस क्रममा बूढानीलकण्ठस्थित उनीहरूको घरमा आगजनीसमेत गरिएको थियो। त्यसपछि देउवा उपचारका लागि सिंगापुर गएका थिए।
पछिल्लो पटक थप उपचारका लागि फागुनमा सिंगापुर हुँदै हङकङ पुगेका देउवा पाँच महिनापछि हङकङबाट बैंकक हुँदै बिहीबार नेपाल फर्किएका हुन्।
विमानस्थलमा नेता–कार्यकर्ताको भीड
देउवाको स्वागतका लागि कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरू विमानस्थलमा पुगेका थिए। लामो समयपछि देउवा स्वदेश फर्किएपछि कांग्रेस नेताहरूले विमानस्थलमै पुगेर उनको स्वागत गरेका हुन्।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्