काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकताका लागि पूर्वसभापति शेरबहादुर देउवाको निर्णायक भूमिका रहने बताएका छन्।
देउवा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएसँगै प्रतिक्रिया दिँदै खड्काले देउवा कांग्रेसका अभिभावक रहेको बताए। उनले देउवा पूर्ण स्वास्थ्यलाभ गरेर फर्किएकोमा आफूहरू खुसी र उत्साहित भएको उल्लेख गरे।
खड्काका अनुसार भदौ २५ गतेको घटनामा आक्रमणमा परी गम्भीर घाइते भएका देउवा थप स्वास्थ्य उपचारका लागि विदेश गएका थिए।
उनले भने, “अब पार्टीको सम्पूर्ण एकता गर्ने सन्दर्भमा उहाँले निर्णायक भूमिका खेल्नुहुन्छ भन्ने मलाई विश्वास छ।”
जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका देउवा स्वास्थ्य उपचारपछि पूर्ण रूपमा स्वस्थ भएर स्वदेश फर्किएको भन्दै खड्काले खुसी व्यक्त गरे।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्