काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशमा राष्ट्रिय एकता सुदृढ बनाउन तथा विगतका विभाजन र विद्वेषका घाउहरू निको पार्न आह्वान गरेका छन्।
जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा घाइते भएपछि पाँच महिनासम्म विदेशमा उपचार गराएर बिहीबार स्वदेश फर्किएका देउवाले विशेष सन्देश जारी गर्दै यस्तो आह्वान गरेका हुन्।
आफू कुनै शक्ति प्राप्त गर्ने उद्देश्यले नभई राष्ट्रिय एकतालाई बलियो बनाउन स्वदेश फर्किएको देउवाले स्पष्ट पारेका छन्। उनले मुलुकको वर्तमान जटिल परिस्थितिको समाधानका लागि सम्पूर्ण राजनीतिक तथा लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
देउवाले विगतका राजनीतिक विभाजन तथा विद्वेषबाट सिर्जित घाउहरूलाई निको पार्दै देशलाई एकताबद्ध दिशामा अघि बढाउनुपर्ने बताएका छन्।
पाँच महिनापछि स्वदेश
जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएपछि देउवा थप उपचारका लागि विदेश गएका थिए। करिब पाँच महिनाको उपचारपछि उनी बिहीबार विमानमार्फत काठमाडौं फर्किएका हुन्।
देउवालाई स्वागत गर्न नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू विमानस्थल पुगेका थिए। स्वदेश फर्किएलगत्तै जारी गरिएको सन्देशमार्फत उनले देशको वर्तमान परिस्थितिमा राष्ट्रिय एकता र राजनीतिक सहकार्यको आवश्यकता औँल्याएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्