ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइजीपीमाथि सांसद सुनारको आरोपपछि पूर्वडीआईजी खरेलको कडा प्रतिक्रिया


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   २ : ४५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि संसदीय समितिमा आरोप लगाएपछि पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले कडा प्रतिक्रिया दिएका छन्।

खरेलले सांसद सुनारको कार्यशैलीले नेपाल प्रहरी तथा कर्मचारी प्रशासनको मनोबलमा गम्भीर असर पार्न सक्ने टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले बेनामे उजुरीकै आधारमा गृहसचिव, आईजीपी र एआईजीलाई संसदीय समितिमा बोलाएर प्रमाणअघि नै दोषीजस्तो प्रस्तुत गर्ने प्रवृत्तिप्रति आपत्ति जनाएका हुन्।

उनले अनुसन्धान पूरा नहुँदै बर्खास्त गर्नुपर्छ भन्ने सार्वजनिक अभिव्यक्ति दिने तथा कानुनी प्रक्रियालाई गौण ठान्ने शैलीले संसदीय निगरानीभन्दा संस्थामाथिको दबाब र सस्तो लोकप्रियताको प्रदर्शन जस्तो देखिन थालेको बताएका छन्।

आईजीपी कार्कीको प्रश्नमा खरेलको समर्थन

सांसद सुनारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आईजीपी दानबहादुर कार्कीले संसदीय समितिको बैठकमै ‘आखिर कस्ताबाट शासित भइरहेका छौँ, हामी ?’ भन्ने प्रश्न गरेका थिए।

पूर्वडीआईजी खरेलले आईजीपीको उक्त प्रश्नलाई जायज भन्दै समर्थन गरेका छन्। प्रहरी तथा प्रशासनमा कार्यरत कर्मचारीहरू निष्ठापूर्वक सेवामा खटिँदा उनीहरूको मनोबल बढाउने काम हुनुपर्नेमा सार्वजनिक रूपमा अपमानित गर्ने शैली उचित नभएको उनको भनाइ छ।

खरेलले अनुसन्धान र प्रमाण नआउँदै प्रहरी संगठनलाई भ्रष्टाचारको पर्यायका रूपमा चित्रित गर्दा नेपाल प्रहरीको संस्थागत छविमाथि समेत असर पर्न सक्ने चेतावनी दिएका छन्।

‘पहिले अनुसन्धान, त्यसपछि कारबाही’

खरेलका अनुसार कुनै प्रहरी अधिकारीमाथि गम्भीर आरोप भए सरकारले कानुनी प्रक्रियामार्फत अनुसन्धान अघि बढाउनुपर्छ। आरोप प्रमाणित भए आवश्यक कारबाही गर्न सकिने भए पनि अनुसन्धानअघि नै सार्वजनिक रूपमा दोषी करार गर्ने शैली न्यायोचित नभएको उनले बताएका छन्।

उनले राजनीतिक प्रतिनिधिले प्रश्न उठाउन पाउने भए पनि त्यस्तो प्रश्न प्रमाण, विधि र संसदीय मर्यादाभित्र हुनुपर्नेमा जोड दिएका छन्।

रास्वपाले आत्मसमीक्षा गर्नुपर्ने खरेलको सुझाव

सांसद सुनारको कार्यशैलीप्रति समितिका सभापति तथा अन्य सदस्यबाट समेत प्रश्न उठेको अवस्थामा रास्वपाले आत्मसमीक्षा गर्नुपर्ने खरेलको भनाइ छ।

सुशासन, जवाफदेहिता र संस्थागत सुधारको पक्षधर दाबी गर्ने रास्वपाले आफ्ना सांसदहरूको आचरण, अभिव्यक्ति र संसदीय मर्यादा सुनिश्चित गर्नुपर्ने उनले बताएका छन्।

खरेलको निष्कर्षमा, सुशासनको कुरा गर्ने राजनीतिक दलले पहिले आफ्नै जनप्रतिनिधिको व्यवहारमा जवाफदेहिता कायम गर्न सक्नुपर्छ। अन्यथा सुशासनको प्रतिबद्धता नारामै सीमित हुने उनको तर्क छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता

राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमा २ हजार ५६६ उजुरी, ७२ प्रतिशत फर्छ्योट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Three States Set to Carry Out Executions on Same Day for First Time in Over a Decade

UK Farmers Face ‘Exceptionally Serious’ Drought as Temperatures Rise

रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय, मंसिर १६ देखि २९ गतेसम्म हुने

महिला खेलाडी असुरक्षित : खेलमैदानमा पदकको सपना, भोगाइमा दुर्व्यवहार र मानसिक उत्पीडन

राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमा २ हजार ५६६ उजुरी, ७२ प्रतिशत फर्छ्योट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu