ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरो हटाएपछि रुकुम–बागलुङ सडकखण्ड सञ्चालनमा


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ३ : ०५   बजे

रुकुमपश्चिम । लगातारको वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको मध्यपहाडी राजमार्गअन्तर्गत रुकुम–बागलुङ सडकखण्ड बिहीबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ।

रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार बुधबार साँझदेखि अवरुद्ध सडक बिहीबार बिहान ११ बजेदेखि यातायातका लागि खुलाइएको हो। बिहान ६ बजेदेखि सुरक्षा निकाय, स्थानीय प्रशासन र स्थानीय तहको समन्वयमा पहिरो पन्छाउने काम तीव्र पारिएको थियो।

प्रमुख जिल्ला अधिकारी राईसहित सुरक्षा निकायका प्रमुखहरू घटनास्थलमै पुगेर अवरोध हटाउने कार्यको समन्वय गरेका थिए। स्थानीय प्रशासन, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा सम्बन्धित स्थानीय तहको सक्रियतामा पहिरो हटाएपछि सडक सञ्चालनमा ल्याइएको हो।

भूमे गाउँपालिका–५ स्थित धौलापहिरो र वडा नम्बर ४ को काँडाबगरलगायत क्षेत्रमा पहिरो खसेपछि मध्यपहाडी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोका कारण सडकमा सवारीसाधन रोकिँदा यात्रुहरू बाटोमै अलपत्र परेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमानन्द पाण्डेका अनुसार अहिले सडकमा यातायात सञ्चालनमा आए पनि जोखिम भने पूर्ण रूपमा हटेको छैन।

लगातार वर्षा भइरहेकाले पहिरो गएको स्थानको माथिल्लो भागबाट गेग्रानसहित थप पहिरो खस्ने सम्भावना रहेको प्रहरीले जनाएको छ। त्यसैले मध्यपहाडी राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई सडकको अवस्था बुझेर तथा आवश्यक सावधानी अपनाएर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

सडक खुलेसँगै पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतर्फ लाग्न थालेका छन्। रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै बागलुङ, पोखरा र काठमाडौं जाने तथा मध्यपहाडी राजमार्ग हुँदै रुकुमतर्फ आउने सवारीसाधनसमेत सञ्चालनमा आएका छन्।

यद्यपि वर्षा निरन्तर भइरहेकाले सडकको अवस्था जुनसुकै बेला प्रभावित हुन सक्ने भन्दै प्रशासन र प्रहरीले यात्रुलाई अनावश्यक जोखिम नलिन आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता

राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमा २ हजार ५६६ उजुरी, ७२ प्रतिशत फर्छ्योट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US Diplomat Condemns Israeli Settler Siege of Palestinian Homes as ‘Act of Terror’

China’s National Carbon Market Surpasses 930 Million Tonnes in Trading Volume

Smart Technology Safeguards China’s South-to-North Water Diversion Project

Three States Set to Carry Out Executions on Same Day for First Time in Over a Decade

UK Farmers Face ‘Exceptionally Serious’ Drought as Temperatures Rise

रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu