ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ४ : २५   बजे

काठमाडौं । पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ। काउन्सिलले बिहीबार विज्ञप्ति जारी गर्दै मिडिया र पत्रकारले आचारसंहिता उल्लंघन गरे उजुरी गर्ने कानुनी निकाय आफू रहेको स्मरण गराएको छ।

आस्था मिडियाका अध्यक्ष तथा जनआस्थाका सम्पादक श्रेष्ठलाई बुधबार राति पक्राउ गरिनुका साथै उहाँको निजी निवासमा खानतलासी गरिएको र बिहीबार बिहान सञ्चारमाध्यमको कार्यालयमा सुरक्षाकर्मी प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाबारे काउन्सिलले चासो व्यक्त गरेको हो।

प्रेस स्वतन्त्रताको सम्मान आवश्यक

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नागरिकको सूचनाको हक सुनिश्चित गर्ने आधार भएको उल्लेख गर्दै काउन्सिलले यसको मर्यादा र सम्मान कायम राख्नु सबै पक्षको साझा दायित्व भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “प्रेस स्वतन्त्रताको सदुपयोग र सम्मान हुनुपर्दछ। काउन्सिल सञ्चारकर्मको क्रममा पत्रकार तथा सञ्चारकर्मीको कार्यशैली, व्यवहार, पेसागत मर्यादा र आचरणप्रति पनि उत्तिकै संवेदनशील र चिन्तित छ।”

काउन्सिलले प्रेस स्वतन्त्रताको प्रयोगका नाममा हुन सक्ने स्वच्छन्दताप्रति पनि पत्रकार तथा सञ्चारकर्मी सचेत हुनुपर्ने जनाएको छ।

आचारसंहिता उल्लंघनमा काउन्सिलमा उजुरी गर्न आग्रह

मिडिया तथा पत्रकारले आचारसंहिता उल्लंघन गरेको अवस्थामा त्यससम्बन्धी उजुरी गर्ने अधिकारप्राप्त निकाय प्रेस काउन्सिल नेपाल नै रहेको काउन्सिलले स्पष्ट पारेको छ।

काउन्सिलले प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन सबै पक्षलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्दै प्रचलित कानुनी व्यवस्थाको पालना गर्न पनि ध्यानाकर्षण गराएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

खगेन्द्र सुनारको प्रस्तुतिप्रति सभामुख अर्यालको ध्यानाकर्षण

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री वाग्ले

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

खगेन्द्र सुनारको प्रस्तुतिप्रति सभामुख अर्यालको ध्यानाकर्षण

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री वाग्ले

लुम्बिनी लायन्सले निरोशन डिकवेलालाई फेरि भित्र्यायो, एनपीएलमा निरन्तरता दिने

काठमाडौँ उपत्यकासहित तीन प्रदेशमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

मृत्युपछिको अङ्गदानबाट आठ जनासम्मको ज्यान बचाउन सकिने

मुद्दा परे पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटिलता नरहेको राष्ट्र बैंकको भनाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu