ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङमा कानुनविपरीत सञ्चालित सात आँखा अस्पतालमा सिलबन्दी


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ४ : ३५   बजे

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङ र कोसी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको संयुक्त अनुगमन टोलीले कानुनविपरीत सञ्चालनमा रहेका जिल्लाका सातवटा आँखा अस्पताल तथा स्वास्थ्य संस्थामा सिलबन्दी गरेको छ।

जनस्वास्थ्य सेवा नियमावली, २०७७ अनुसार अप्थ्याल्मोलोजी सेवा विशेषज्ञ सेवाअन्तर्गत पर्छ। विशेषज्ञ अस्पताल सञ्चालनका लागि कम्तीमा १०० शय्या हुनुपर्ने तथा ५० देखि २०० शय्यासम्मका विशेषज्ञ अस्पतालले स्वास्थ्य सेवा विभागबाट इजाजत लिनुपर्ने कानुनी व्यवस्था छ।

प्रदेश सरकारले भने आँखा उपचार केन्द्र सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ। त्यस्ता केन्द्रबाट प्रारम्भिक आँखा उपचार, भिजुअल एक्युटी परीक्षण, रिफ्र्याक्सन तथा माइनर ट्रिटमेन्टलगायतका सेवा मात्र प्रदान गर्नुपर्ने प्रावधान छ।

तर, अनुगमनका क्रममा मोरङमा सञ्चालित केही संस्थाले आवश्यक कानुनी मापदण्ड र प्रक्रिया पूरा नगरी अस्पतालका रूपमा सेवा सञ्चालन गरेको पाइएपछि सिलबन्दी गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कानुनविपरीत अस्पताल सञ्चालन भइरहेको जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र कोसी प्रदेश स्वास्थ्य मन्त्रालयले संयुक्त रूपमा अनुगमन गरेको हो।

यी स्वास्थ्य संस्था सिलबन्दीमा

अनुगमन टोलीले विराटनगर–१४ स्थित विराट आँखा अस्पताल प्रालि, विराटनगर–१५ को इफराह आँखा अस्पताल प्रालि, विराटनगर–१० को सञ्जिवनी आइ केयर प्रालि र विराटनगर–१३ को हिमाल आँखा अस्पताल प्रालिमा सिलबन्दी गरेको छ।

त्यस्तै, विराटनगर–९ स्थित विराट रानी आँखा अस्पताल प्रालि, विराटनगर–१५ को अखण्ड ज्योती आँखा अस्पताल प्रालि र विराटनगर–१३ स्थित नेपाल आँखा अस्पताल प्रालिमा पनि सिलबन्दी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए।

प्रशासनले कानुनी मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका अन्य स्वास्थ्य संस्थामाथि पनि अनुगमनलाई निरन्तरता दिँदै आवश्यक कारबाही गरिने जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

खगेन्द्र सुनारको प्रस्तुतिप्रति सभामुख अर्यालको ध्यानाकर्षण

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री वाग्ले

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

खगेन्द्र सुनारको प्रस्तुतिप्रति सभामुख अर्यालको ध्यानाकर्षण

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री वाग्ले

लुम्बिनी लायन्सले निरोशन डिकवेलालाई फेरि भित्र्यायो, एनपीएलमा निरन्तरता दिने

काठमाडौँ उपत्यकासहित तीन प्रदेशमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

मृत्युपछिको अङ्गदानबाट आठ जनासम्मको ज्यान बचाउन सकिने

मुद्दा परे पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटिलता नरहेको राष्ट्र बैंकको भनाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu