काठमाडौं । देशका धेरै स्थानमा आज वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहीबार अपराह्नसम्म लुम्बिनी प्रदेशको तराई भूभागमा भारी वर्षा भइरहेको छ।
लुम्बिनीका केही क्षेत्रमा अझै थप वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज देशका धेरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
बिहीबार गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको जोखिम
महाशाखाका अनुसार शुक्रबार दिउँसोसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशमा क्रमशः भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ।
भारी वर्षाका कारण गेग्य्रान बहाव, बाढी तथा पहिरोजस्ता विपद्को जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र मौसम तथा विपद्सम्बन्धी पछिल्ला सूचना हेर्दै गर्न महाशाखाले अनुरोध गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्