काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन्।
करिब पाँच महिनापछि स्वदेश फर्किएका देउवालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका कोइरालाले कांग्रेस अब एकताबद्ध भएर अघि बढ्ने बताएका हुन्।
इतर पक्षको राष्ट्रिय भेला आयोजक समितिका संयोजकसमेत रहेका कोइरालाले आफूहरूको प्रयास पार्टीलाई एकताबद्ध बनाउनेतर्फ केन्द्रित रहेको बताए।
उनले भने, “हाम्रो सभापति देउवा नै हो।”
इतर पक्षले शुक्रबार काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। भेलाको उद्घाटन देउवाले गर्ने कार्यक्रम रहेको बताइएको छ।
कोइरालाको अभिव्यक्तिले कांग्रेसभित्र जारी आन्तरिक शक्ति संघर्षका बीच देउवाको भूमिकालाई लिएर इतर पक्षले लिएको धारणा प्रस्ट पारेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्