ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको सहकार्यप्रति मुख्यमन्त्री कार्कीको आभार, रिक्त मन्त्रालय आफैँसँग


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ४ : ५५   बजे

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूको राजीनामा स्वीकृत गर्दै कांग्रेसले प्रदेश सरकारलाई गरेको योगदान र सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

कांग्रेसबाट सहभागी मन्त्रीहरूको राजीनामा स्वीकृत गरेपछि मुख्यमन्त्री कार्कीले प्रदेशको विकास, समृद्धि र सुशासनका लागि कांग्रेससँगको सहकार्य महत्वपूर्ण रहेको बताएका हुन्।

उनले कांग्रेससँगको सहकार्य सुमधुर र सकारात्मक रहेको उल्लेख गर्दै भने, “कांग्रेससँगको सहकार्य सुमधुर र अत्यन्तै सकारात्मक रह्यो। यो मेरो लागि महत्वपूर्ण विषय हो।”

मुख्यमन्त्री कार्कीले आगामी दिनमा पनि प्रदेशको विकास र समृद्धिका लागि कांग्रेसबाट निरन्तर सहयोग र सहकार्य प्राप्त हुने विश्वास व्यक्त गरे। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि पनि कांग्रेससँग आगामी दिनमा हातेमालो गर्दै अघि बढ्ने उनले बताए।

रिक्त मन्त्रालय मुख्यमन्त्रीकै जिम्मामा

कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयको जिम्मेवारी तत्कालका लागि मुख्यमन्त्री कार्कीले आफैँसँग राखेका छन्।

कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री सहभागी थिए। कांग्रेसका मन्त्रीहरूको बहिर्गमनसँगै रिक्त मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने गरी मन्त्रिमण्डल पुनर्गठनको तयारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

मन्त्रिमण्डल चाँडै पुनर्गठन गरिने कार्यालयको भनाइ छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साढे ५ महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलबाटै समर्थकको ‘रोड शो’

धरानका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

साढे ५ महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलबाटै समर्थकको ‘रोड शो’

Eurovision Song Contest Updates Rules, Barring Countries at War From Hosting

स्मार्ट टेलिकमको ६ अर्ब ऋण विवादमा एनआईएमबी बैंकका सीईओको स्पष्टीकरण

Europe Braces for Intense Heatwave Affecting Over 135 Million

धरानका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu