ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्तरिक आम्दानीबाटै देश विकास गर्ने लक्ष्यका साथ बजेट ल्याइएको छ : अर्थमन्त्री वाग्ले


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ५ : ०५   बजे

दमौली (तनहुँ) । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने लक्ष्यका साथ सरकारले नयाँ बजेट ल्याएको बताउनुभएको छ।

तनहुँमा जिल्ला समन्वय समितिको वार्षिक समीक्षा कार्यक्रमको बिहीबार उद्घाटन गर्दै उहाँले राज्यको कमजोर आम्दानीका कारण विगतमा ऋण लिएर दैनिक खर्च चलाउनुपर्ने अवस्था अन्त्य गर्न करको दायरा विस्तार गर्ने नीति लिइएको बताउनुभयो।

अर्थमन्त्री वाग्लेले जनताको विकास आकांक्षाको तुलनामा मुलुकको आर्थिक सामर्थ्य कमजोर रहेको र दातृ निकायबाट प्राप्त हुने ऋणसमेत महँगो बन्दै गएकाले नेपाल आफैं आर्थिक रूपमा सक्षम बन्नुको विकल्प नरहेको धारणा राख्नुभयो।

उहाँका अनुसार राज्यको अत्यावश्यक दायित्व करिब १ हजार ३ सय ५० अर्ब रुपैयाँ रहे पनि सरकारको आम्दानी करिब १ हजार २ सय ५० अर्ब रुपैयाँ मात्रै छ। नियमित दायित्व पूरा गर्नसमेत ऋण लिनुपर्ने अवस्था रहेकाले करको दायरा फराकिलो बनाउँदै नागरिकलाई कर तिर्न प्रोत्साहित गर्ने कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो।

निजी क्षेत्रलाई प्रोत्साहन

करको दायरा विस्तार गर्दा त्यसबाट सर्वसाधारणमा पर्न सक्ने आर्थिक भारप्रति सरकार सचेत रहेको अर्थमन्त्री वाग्लेले बताउनुभयो। अन्तिम करको दायित्वबाट सर्वसाधारणलाई जोगाउन सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ।

सरकारले २१ खर्ब २४ अर्ब रुपैयाँको बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहन गर्दै करिब ६६ खर्ब रुपैयाँको अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिएको उहाँले स्पष्ट पार्नुभयो।

अर्थमन्त्री वाग्लेले गैरआवासीय नेपाली तथा प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अनुकूल वातावरण निर्माण गर्ने काम छिट्टै अघि बढाइने जानकारीसमेत दिनुभयो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साढे ५ महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलबाटै समर्थकको ‘रोड शो’

धरानका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

साढे ५ महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलबाटै समर्थकको ‘रोड शो’

Eurovision Song Contest Updates Rules, Barring Countries at War From Hosting

स्मार्ट टेलिकमको ६ अर्ब ऋण विवादमा एनआईएमबी बैंकका सीईओको स्पष्टीकरण

Europe Braces for Intense Heatwave Affecting Over 135 Million

धरानका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu