ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुलाक सेवा अब ‘सरकारी कुरियर’का रूपमा विस्तार हुँदै


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ५ : ३५   बजे

काठमाडौँ । हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने अभियान तीव्र पारिएको छ ।

सरकारी कागजात तथा सामग्री ढुवानीसँगै राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्रलगायत सेवा नागरिकको घरदैलोसम्म पुर्‍याउने व्यवस्था कार्यान्वयनमा आएपछि हुलाक सेवाको प्रयोग विस्तार हुँदै गएको हो ।

नयाँ सरकार गठनपछि मन्त्रिपरिषद्को पहिलो निर्णयबाट कार्यान्वयनमा ल्याइएको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रमुख १० कार्यभित्र हुलाकलाई सरकारी सामग्री ढुवानी सेवाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार हाल हुम्लाबाहेक ७६ जिल्लामा सरकारी कागजात घरमै पुर्‍याउने योजना लागू भइसकेको छ । हुम्लामा पनि सेवा सञ्चालनको अन्तिम तयारी भइरहेको छ ।

राहदानी र लाइसेन्स घरदैलोमै

विभागको तथ्याङ्कअनुसार २०८३ साउन २७ गतेसम्म ७६ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा दुई लाख ४७ हजार ४३ थान राहदानी हुलाकमार्फत ढुवानी गरिएको छ ।

त्यसमध्ये आठ हजार ६६९ थान राहदानी सेवाग्राहीको घरदैलोमै पुर्‍याएर वितरण गरिएको विभागले जनाएको छ ।

त्यसैगरी, यातायात व्यवस्था विभागबाट प्राप्त १० लाख ३८ हजार ८०८ थान सवारी चालक अनुमतिपत्र सातै प्रदेशका यातायात व्यवस्था कार्यालयमा हुलाकमार्फत पुर्‍याइएको छ । तीमध्ये एक हजार ९९ थान अनुमतिपत्र सेवाग्राहीको घरमै पुर्‍याइएको छ ।

प्रदेश र विश्वविद्यालयसँग सहकार्य

कर्णाली प्रदेशमा सवारी चालक अनुमतिपत्र घरमै पुर्‍याउने सेवाका लागि सुर्खेत हुलाक निर्देशनालय र प्रदेश सरकारबीच सम्झौता भई सेवा सञ्चालनमा आइसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा पनि यस्तै सेवा विस्तार गर्ने विषयमा छलफल भइरहेको विभागले जनाएको छ ।

शैक्षिक प्रमाणपत्र घरदैलोमा पुर्‍याउन नेपाल खुला विश्वविद्यालयसँग तथा जग्गाधनी पुर्जा र सरकारी कागजात ढुवानीका लागि भूमि व्यवस्था तथा अभिलेख विभागसँग सम्झौता भई सेवा सञ्चालनमा आएको छ ।

त्रिभुवन विश्वविद्यालयसँग पनि सम्झौताको तयारी भइरहेको छ ।

स्वास्थ्य क्षेत्रअन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक हजार ४८० वटा नमुना तथा स्वास्थ्य बीमा बोर्डका सामग्रीसमेत हुलाकमार्फत ढुवानी गरिएको विभागले जनाएको छ ।

५० हुलाक कार्यालय ‘स्मार्ट हुलाक’ बन्दै

हुलाक सेवालाई थप प्रभावकारी बनाउन देशको ठेगाना प्रणाली व्यवस्थित गर्नुका साथै सवारीसाधन र सूचना प्रविधिका साधनको थप व्यवस्थापन आवश्यक रहेको महानिर्देशक पंगेनीले बताउनुभयो ।

सरकारले देशभरका ५० वटा हुलाक कार्यालय छनोट गरी ‘स्मार्ट हुलाक’का रूपमा विकास गर्ने प्रक्रिया अघि बढाएको छ ।

हुलाक सेवालाई परम्परागत चिठीपत्र आदानप्रदानमा सीमित नराखी सरकारी कागजात तथा नागरिकका आवश्यक सामग्री घरदैलोसम्म पुर्‍याउने भरपर्दो सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने सरकारको लक्ष्य छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Israeli Defence Minister Admits Plan to Remove Palestinians from Gaza

US Military Leadership Shake-Up Continues Under Pete Hegseth

Malta Businessman Acquitted of Plotting Journalist Murder

Saudi Arabia Condemns Iranian Attack on Tanker in Strait of Hormuz

USS Abraham Lincoln Crew Takes Break in Thailand After Long Deployment

Italian Fishermen Export Invasive Blue Crabs to Salvage Livelihoods

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu