ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धरानका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ५ : ५५   बजे

धरान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानका तत्कालीन प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडासहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

मुद्दा दायर हुनेमा खतिवडासहित तत्कालीन सिंगिया गाविसका अध्यक्ष/सचिव कपिलमणि दाहाल, मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत सुशील वैद्य, तत्कालीन शाखा अधिकृत तुङ्गनाथ भण्डारी, तत्कालीन नायब सुब्बा केदारबहादुर कार्की, तत्कालीन धरान नगरपालिका–१४ का वडा सचिव उत्तम आले, नरसिंह भगवान मन्दिरका पुजारी टिर्रु चौधरी तथा जग्गा कारोबारमा संलग्न पंकज घिमिरे र भागमैन थरुनी छन् ।

मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता

अख्तियारका अनुसार सुनसरीको साविक भादगाउँ सिनवारी गाविस–४ स्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको ५ कठ्ठा ७ धुर र ४ कठ्ठा १८ धुर गरी दुई कित्ता सार्वजनिक जग्गा गलत प्रतिवेदनका आधारमा पुजारी टिर्रु चौधरीको नाममा दर्ता गरिएको थियो ।

सार्वजनिक जग्गालाई गैरकानुनी रूपमा नक्कली जग्गाधनी खडा गरी चौधरीको नाममा दर्ता कायम गरिएपछि उक्त जग्गा बिक्रीसमेत गरिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

आयोगले भागमैन थरुनीको नाममा रहेका सम्बन्धित जग्गासहित थप सम्पत्ति जफत गरी पुनः नरसिंह भगवान मन्दिरकै नाममा कायम गर्न माग गरेको छ ।

झुटा सर्जमिन र नाता प्रमाणित

अख्तियारको अनुसन्धानअनुसार प्रतिवादीहरूले २०६४ जेठ ८ गते साविक सिंगिया गाविसबाट र २०६४ माघ ९ गते धरान नगरपालिका–१४ बाट झुटा सर्जमिन मुचुल्का तयार गरेका थिए ।

त्यसैका आधारमा नाता प्रमाणित प्रमाणपत्रसमेत बनाएर धरान नगरपालिकाले मालपोत कार्यालय, सुनसरीलाई जग्गा नामसारी गर्न सिफारिस गरेको आयोगको दाबी छ ।

मालपोत कार्यालय सुनसरीले २०६५ जेठ २१ गते उक्त जग्गा नामसारी गर्ने निर्णय गरेको अख्तियारले जनाएको छ ।

आयोगले सार्वजनिक तथा मन्दिरको नाममा रहेको जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा ल्याई बिक्रीसमेत गरिएको भन्दै संलग्न सबैविरुद्ध भ्रष्टाचारसम्बन्धी कानुनी कारबाहीको माग गरेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Israeli Defence Minister Admits Plan to Remove Palestinians from Gaza

US Military Leadership Shake-Up Continues Under Pete Hegseth

Malta Businessman Acquitted of Plotting Journalist Murder

Saudi Arabia Condemns Iranian Attack on Tanker in Strait of Hormuz

USS Abraham Lincoln Crew Takes Break in Thailand After Long Deployment

Italian Fishermen Export Invasive Blue Crabs to Salvage Livelihoods

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu