सानेपा । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वदेश फर्किएकोमा स्वागत गरेका छन्।
आइतबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकको बिहीबारको बैठक सुरु गर्दै थापाले देउवालाई स्वास्थ्यलाभको कामनासहित स्वदेशमा स्वागत गरेका हुन्।
उनले भने, ‘निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्यलाभको कामनासहित स्वदेशमा स्वागत गर्दछु।’
देउवा करिब पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका हुन्। गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका देउवा थप उपचारका लागि हङकङसमेत पुगेका थिए।
गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा देउवा निवासमा आगजनी तथा तोडफोड भएको थियो। सो क्रममा देउवा दम्पतीमाथि समेत कुटपिट भएको थियो।
स्वास्थ्यमा सुधार
स्रोतका अनुसार लामो समय सिंगापुर र हङकङमा उपचार गराएर स्वदेश फर्किएका देउवाको स्वास्थ्यमा अहिले क्रमिक सुधार भइरहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्