ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि समिति बैठकमा मन्त्री र सचिवको अनिवार्य उपस्थितिको माग


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ७ : १५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले संसदीय कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषिमन्त्री र कृषि सचिवको अनिवार्य उपस्थिति हुनुपर्ने माग गरेका छन्।

बिहीबार बसेको समिति बैठकमा बोल्दै खनालले सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवको उपस्थितिबिना गरिने छलफलले प्रभावकारी नीतिगत निष्कर्ष निकाल्न नसक्ने बताए।

उनले आगामी बैठकमा कृषिमन्त्री र सचिवलाई अनिवार्य रूपमा उपस्थित गराउन समिति सभापति अशोककुमार चौधरीको ध्यानाकर्षण गराए। मन्त्री तथा सचिवको उपस्थितिलाई प्राथमिकता नदिइए समितिको प्रभावकारितामाथि नै प्रश्न उठ्ने उनको भनाइ थियो।

कृषि क्षेत्रसँग प्रत्यक्ष जोडिएको मलसम्बन्धी विषयमा मन्त्रालयका जिम्मेवार अधिकारीलाई सुरुदेखि नै छलफलमा सहभागी नगराउँदा पुरानो र नयाँ अभ्यासबीच फरक नहुने खनालले बताए।

उनले समितिको बैठकलाई औपचारिकतामा मात्र सीमित नगर्न आग्रह गर्दै भने, ‘हामीले समितिमा यत्रो दिन बहस गर्यौँ, समितिका धेरै कुराहरू लागू भएका छन् त? अब आउने छलफलमा मन्त्रीज्यूको पनि उपस्थिति हुनुपर्छ, सचिवज्यूको पनि उपस्थिति हुनुपर्छ।’

मलको समस्या समाधान गर्न गम्भीर बहस आवश्यक

खनालले नेपाललाई कृषि प्रधान देश भनिए पनि किसानले मल नपाएको गुनासो निरन्तर आइरहेको बताए।

मलको उपलब्धता, जैविक तथा प्राङ्गारिक मलको प्रवर्द्धन र रासायनिक मलमाथिको निर्भरता घटाउने विषयमा समितिले गम्भीर छलफल गर्नुपर्ने उनको भनाइ छ।

समिति सभापति अशोककुमार चौधरीले भने यसअघिको छलफलमा कृषिमन्त्री र सचिवलाई नबोलाइएको जानकारी दिँदै आगामी बैठकमा उनीहरूलाई उपस्थित गराउने प्रतिबद्धता जनाएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता राष्ट्रिय हित हुनुपर्छ : शंकर पोखरेल

दलित समुदायसँग माफी माग्ने विषय सरकारको प्राथमिकतामा : कानुनमन्त्री गौतम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Three Scientists Awarded 2026 Future Science Prize

India Plans First Arctic Cargo Ship Voyage in 2027

नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता राष्ट्रिय हित हुनुपर्छ : शंकर पोखरेल

China’s National Carbon Market Surpasses 930 Million Tonnes in Trading Volume

Xi Jinping Champions Preservation of Mogao Grottoes and China’s Cultural Heritage

China Announces New Air Quality Plan with Stricter Standards

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu