झापा १ वैशाख । नव बर्षको पहिलो दिन शनिवार साँझ झापामा भएको छुटटछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका १ बस्ने ३५ वर्षीय प्रेम राई र अर्का एक महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार पूर्व–पश्चिम राजमार्गको बिर्तामोड सडक खण्डमा ९ वर्षीय छोरालाई साइकलमा पछाडि राखेर दक्षिणबाट जाँदै गरेका प्रेम सडक पार गर्ने क्रममा मे १ ख १३७१ नम्वरको यात्रु वाहक वसले ठक्कर दिएको थियो । वसको ठक्करबाट गम्भीर घाइते बनेका वुवा छोरालाई बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचारका लागि लैजाने क्रममा प्रेमको बाटैमा को मृत्यु भएको छ, भने घाइते छोरा किरणको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै कनकाई नगरपालिकास्थित सुरुङ्गा सडक खण्डमा बाटो काट्ने क्रममा वसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जार्दै गरेको वा ३ ख २१८८ नम्वरको वसले महिलालाई ठक्कर दिएको थियो । वसको ठक्करबाट घाइते भएकी महिलाको अस्पताल लैजाने क्रममा मृत्यु भएको छ भने महिलाको पहिचान खुल्न नसकेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्