ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति पत्नी सरस्वतीको आक्रोश– ‘प्रजातन्त्र सकियो, राणा शासन आयो’


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ७ : २५   बजे

काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेपछि उनकी पत्नी सरस्वती श्रेष्ठले सरकार र प्रहरीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएकी छन्। उनले देशमा प्रजातन्त्र कमजोर हुँदै गएको टिप्पणी गर्दै पत्रकारलाई त्रसित बनाउने गरी धरपकड गरिएको आरोप लगाइन्।

श्रीमान्लाई भेट्न भद्रकालीस्थित प्रहरी परिसर पुगेकी सरस्वतीलाई भेट्न अनुमति नदिइएपछि उनले सञ्चारकर्मीसँग आफ्नो धारणा राखेकी हुन्।

सरस्वतीले श्रेष्ठले करिब ३८ वर्षदेखि पत्रकारितामार्फत बेथिति र विकृतिविरुद्ध कलम चलाउँदै आएको उल्लेख गर्दै पत्रकारिताको सीमा र कानुनी प्रक्रियाबारे उनलाई राम्रो जानकारी रहेको दाबी गरिन्।

“प्रेस काउन्सिलको अध्यक्ष भइसकेको मान्छेलाई पत्रकारिताको सीमा के हो भन्ने थाहा छैन र ?”

उनले किशोर श्रेष्ठमाथि भएको धरपकड भोलिका दिनमा अन्य पत्रकारमाथि पनि हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिन्।

पक्राउ प्रक्रियामाथि प्रश्न

सरस्वतीले प्रहरीले सुरुमा पक्राउ पुर्जी नदेखाई श्रीमान्लाई नियन्त्रणमा लिएको आरोप लगाइन्। आफूले पक्राउ पुर्जी मागेपछि करिब १५–२० मिनेटपछि पुर्जी ल्याइएको र त्यसको फोटो खिचेर राखेको उनले बताइन्।

उनका अनुसार प्रहरीले श्रेष्ठलाई घरबाट लैजाँदा ठूलो संख्यामा सुरक्षाकर्मी र गाडी परिचालन गरिएको थियो।

“एकजनालाई बोलाए पनि त हुन्थ्यो। हामी भागेर कहाँ जाने मान्छे हो र ?”

उनले पक्राउ गर्नुअघि घरमा खाना खुवाउन र औषधि खान दिन आग्रह गरे पनि प्रहरीले नमानेको गुनासो गरिन्।

राति घरमा प्रहरी पुगेको गुनासो

सरस्वतीले श्रेष्ठलाई पक्राउ गरेपछि राति अबेरसम्म प्रहरी घर तथा जनआस्थाको कार्यालय आसपास पुगेको भन्दै आपत्ति जनाइन्।

आफू घरमा एक्लै रहेको अवस्थामा राति ठूलो संख्यामा प्रहरी आएपछि असहज भएको उनको भनाइ थियो। आफूलाई मधुमेहको समस्या रहेको भन्दै आराम गर्न दिन आग्रह गरे पनि प्रहरीले नमानेको उनले बताइन्।

‘पत्रकारमाथिको धरपकड स्वीकार्य छैन’

सरस्वतीले पत्रकारमाथि हुने धरपकडले प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथि प्रश्न उठाएको बताइन्।

उनले भनिन्, “जोले उनीहरूको विरुद्धमा बोल्छ, तिनीहरूको घाँटी अँठ्याउने… मानौँ यहाँ राणा शासन छ। प्रजातन्त्र छैन यहाँ।”

उनले विगतमा पञ्चायतविरुद्ध संघर्ष गरेर प्राप्त गरिएको लोकतान्त्रिक व्यवस्थामा पत्रकारलाई आफ्नो काम गरेकै कारण त्रसित पार्नु उचित नभएको बताइन्।

उजुरी र सामाजिक सञ्जालको विषयमा प्रश्न

किशोर श्रेष्ठविरुद्ध एक महिलाले आफ्नो बेइज्जती भएको भन्दै उजुरी दिएको प्रसङ्ग उल्लेख गर्दै सरस्वतीले सामाजिक सञ्जालमा सार्वजनिक गरिएका विषयमा पत्रकारले समाचार लेख्न पाउने बताइन्।

उनले सम्बन्धित सांसद तथा सार्वजनिक व्यक्तिहरूले पनि आफ्नो सार्वजनिक गतिविधि र सामाजिक सञ्जालमा राखिएका सामग्रीप्रति जिम्मेवार हुनुपर्ने धारणा राखिन्।

यस्तै, उनले घटनामा संलग्न भनिएका अन्य व्यक्तिमाथि समेत निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरिन्। काजल अग्रवालको नाम लिँदै उनले अनुसन्धानमा सबै पक्षलाई समान रूपमा हेर्नुपर्ने प्रश्न उठाइन्।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Israeli Defence Minister Admits Plan to Remove Palestinians from Gaza

US Military Leadership Shake-Up Continues Under Pete Hegseth

Malta Businessman Acquitted of Plotting Journalist Murder

Saudi Arabia Condemns Iranian Attack on Tanker in Strait of Hormuz

USS Abraham Lincoln Crew Takes Break in Thailand After Long Deployment

Italian Fishermen Export Invasive Blue Crabs to Salvage Livelihoods

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu