काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गर्दै नेपालमा सीएफमोटो मोटरसाइकल तथा जिहो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक रिषी ट्रेड सेन्टरले ‘नाइमा विशेष अफर’ सार्वजनिक गरेको छ।
अफरअन्तर्गत सीएफमोटो तथा जिहोका सबै मोडल खरिदमा २० हजार रुपैयाँको हस्तान्तरणयोग्य नगद छुट कुपन उपलब्ध हुनेछ। ग्राहकले आफूले प्रयोग गर्न नसकेको अवस्थामा कुपन परिवारका सदस्य, साथीभाइ वा आफूले चाहेको अन्य व्यक्तिलाई हस्तान्तरण गर्न सक्नेछन्।
कम्पनीका अनुसार कुपन प्राप्त गर्ने व्यक्तिले सीएफमोटो वा जिहोको नयाँ सवारी खरिद गर्दा उक्त छुट प्रयोग गर्न सक्नेछन्। ‘तपाईंको अफर, तपाईंले चाहेको व्यक्तिका लागि’ भन्ने अवधारणामा ल्याइएको योजना परम्परागत छुटभन्दा फरक रहेको कम्पनीको दाबी छ।
२५० डुअल ईएफआईमा थप सुविधा
सीएफमोटो २५० डुअल ईएफआई खरिद गर्ने ग्राहकले थप एसेसरिज प्याकेज पाउनेछन्। यो मोडलमा पहिले आउने अवस्थाअनुसार पाँच वर्ष वा ६० हजार किलोमिटरको इन्जिन वारेन्टी उपलब्ध हुने कम्पनीले जनाएको छ।
अफरअन्तर्गत ग्राहकलाई चारवटा अतिरिक्त सर्भिस कुपन पनि दिइनेछ। नियमित सर्भिसिङमा थप सुविधा उपलब्ध गराउने उद्देश्यले कुपनको व्यवस्था गरिएको कम्पनीको भनाइ छ।
सुरक्षित र जिम्मेवार राइडिङलाई प्राथमिकता दिँदै सीएफमोटो तथा जिहोका हरेक मोडल खरिदमा निःशुल्क फुल–फेस हेल्मेट उपलब्ध गराइनेछ।
त्यसैगरी, ग्राहकका लागि ईएमआई सुविधा र पुरानो मोटरसाइकल साटफेरको विकल्पसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।
रिषी ट्रेड सेन्टरका अनुसार ‘नाइमा विशेष अफर’ केवल नगद छुटमा सीमित नभई खरिद, सुरक्षा, सर्भिस तथा दीर्घकालीन स्वामित्व अनुभवलाई समेटेर ल्याइएको ग्राहक लाभ योजना हो।
अफरअन्तर्गत सीएफमोटो तथा जिहोका सबै मोडलमा २० हजार रुपैयाँको हस्तान्तरणयोग्य नगद छुट कुपन, चारवटा अतिरिक्त सर्भिस कुपन, फुल–फेस हेल्मेट, ईएमआई तथा साटफेर सुविधा उपलब्ध हुनेछ। सीएफमोटो २५० डुअल ईएफआईमा भने थप एसेसरिज प्याकेज र पाँच वर्ष वा ६० हजार किलोमिटरको इन्जिन वारेन्टीसमेत दिइनेछ।
ग्राहकले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सीएफमोटो तथा जिहोको स्टलमा पुगेर विभिन्न मोडल अवलोकन गर्दै अफरबारे जानकारी लिन सक्नेछन्। कम्पनीका अनुसार यी सुविधा नेपालभर रहेका सीएफमोटो तथा जिहोका आधिकारिक शोरुम तथा बिक्री केन्द्रमा समेत उपलब्ध हुनेछन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्