काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ।
काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित भेलाको पूर्वसभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन्। प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार देउवाले भेलाको औपचारिक उद्घाटन गरेका हुन्।
भेलामा कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापनइतर समूहका विभिन्न नेता तथा कार्यकर्ता सहभागी छन्।
पार्टीभित्र देखिएका विवाद, आगामी राजनीतिक रणनीति र संगठनात्मक विषयमा छलफल गर्न संस्थापनइतर समूहले राष्ट्रिय भेला आयोजना गरेको हो।
पार्टीको नीति र संगठनबारे समीक्षा
भेलामा कांग्रेसको पछिल्लो राजनीतिक अवस्था, पार्टीको नीति तथा कार्यशैली र संगठनको अवस्थाबारे समीक्षा हुने बताइएको छ।
संयोजक विश्वकर्माका अनुसार भेलाबाट पार्टीलाई थप प्रभावकारी रूपमा अघि बढाउन नयाँ रणनीति तय गर्नुका साथै संगठनात्मक संरचनालाई बलियो बनाउने विषयमा छलफल हुनेछ।
भेलाले पार्टीभित्र देखिएका समस्या पहिचान गर्दै आगामी दिनमा संस्थापनइतर समूहले अपनाउने राजनीतिक तथा संगठनात्मक रणनीतिबारे समेत धारणा बनाउने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्