ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खगेन्द्र सुनारको अभिव्यक्तिप्रति गृहमन्त्री गुरुङको आपत्ति


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ७ : ३५   बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समितिको बैठकमा दिएको अभिव्यक्तिप्रति गृहमन्त्री सुधन गुरुङले आपत्ति जनाएका छन्।

शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले एउटा उजुरीकै आधारमा कसैलाई दोषी ठहर गर्न नमिल्ने बताए।

“कसैलाई एउटा उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन। मेरो गैरउपस्थितिमा हाम्रो सचिवज्यू र प्रहरी प्रमुखज्यूहरूलाई जुन व्यवहारले एउटा समितिले प्रस्तुत गर्नुभयो, त्यसमा गृहमन्त्रीको ध्यानाकर्षण भएको छ। दिस इज नट राइट, दिस इज नट गुड,” उनले भने।

उजुरीकै आधारमा चरित्र हत्या गर्न नहुने

गृहमन्त्री गुरुङले जोसुकैले आरोप लगाउन सक्ने भए पनि आरोप प्रमाणित नभएसम्म व्यक्तिलाई दोषीका रूपमा प्रस्तुत गर्न नहुने बताए।

उनले यस्ता विषयमा कानुनी व्यवस्था थप स्पष्ट बनाउनुपर्ने आवश्यकता रहेको पनि बताए। “आरोप लगाउन जोसुकैले पनि सक्यो, तर त्यो पुष्टि नभएसम्म दोषी करार गरेर समिति मार्फत यस्तो गर्नु राम्रो होइन,” उनले भने।

गृह मन्त्रालयका कर्मचारी तथा प्रहरी नेतृत्वले गरिरहेको कामप्रति आफू जानकार रहेको बताउँदै गुरुङले उनीहरूको कार्यसम्पादनको बचाउ गरे। विशेषगरी प्रहरी प्रमुखलगायत अधिकारीहरू सरकारको गतिअनुसार काम गर्न दिनरात खटिरहेको उनले बताए।

बुधबारको घटनाप्रति असन्तुष्टि

बुधबार सार्वजनिक लेखा समितिको बैठकमा आफू उपस्थित नभएको उल्लेख गर्दै गुरुङले सो बैठकमा भएको घटनाप्रति आफूलाई दुःख लागेको बताए। शुक्रबार कानुन समितिको बैठकमा उक्त विषयमा आफ्नो धारणा राख्ने अवसर पाएको उनले बताए।

बैठकमा प्रहरी प्रमुख दानबहादुर कार्की पनि उपस्थित थिए।

यसअघि सार्वजनिक लेखा समितिको बैठकमा सांसद खगेन्द्र सुनारले तत्कालीन गृहमन्त्री, गृहसचिव तथा दुवै प्रहरी महानिरीक्षकसहितका अधिकारीलाई बेनामे उजुरीका आधारमा निलम्बन गरी कारबाही अघि बढाउनुपर्ने धारणा राखेका थिए।

सुनारको उक्त अभिव्यक्तिको रास्वपासहित विभिन्न दलका सांसदहरूले खण्डन गरेका थिए। सोही बैठकमा प्रहरी प्रमुख कार्कीले जवाफ दिइरहेका बेला सुनार बैठकबाट बाहिरिएका थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Italian Fishermen Export Invasive Blue Crabs to Salvage Livelihoods

Deadlocked Jury in Lindsay Clancy Trial Goes Home After Fifth Day Without Verdict

Lindsay Clancy Murder Trial: What Happens If Jury Can’t Reach Verdict?

Pennsylvania Police Officer Charged With Voluntary Manslaughter After Shooting College Student

Justice Department Seizes Over $560K in Cryptocurrency Donations Intended for Hamas

US Judge Rejects Bid to Break Up Google’s Ad Business

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu