ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख अर्याल र आईजीपी कार्कीबीच भेटवार्ता, लेखा समितिको घटनाबारे छलफल


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ७ : ३५   बजे

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच शुक्रबार भेटवार्ता भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा बुधबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा आईजीपी कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारबीच भएको भनाभनबारे छलफल भएको हो।

भेटका क्रममा आईजीपी कार्कीले लेखा समितिको बैठकमा भएको घटनाले आफूलाई मात्र नभई समग्र प्रहरी संगठनलाई असर पुगेको बताएका थिए। घटनाका कारण प्रहरी संगठनका तल्लो तहमा कार्यरत कर्मचारीको मनोबलसमेत प्रभावित भएको उनको भनाइ थियो।

‘जुन घटना भयो, त्यो एउटा व्यक्तिमाथिको मात्रै होइन। त्यसले संस्थालाई नै असर गरेको छ। हाम्रो संगठनका तल्ला तहका कर्मचारीको पनि मनोबल गिरेको छ,’ कार्कीले भनेको स्रोतलाई उद्धृत गर्दै जनाएको छ।

कार्कीले घटनाबारे सभामुखको धारणा समेत मागेका थिए। जवाफमा सभामुख अर्यालले आफूले लेखा समिति सभापति भरतबहादुर खड्का र सदस्य बबिता मिश्रसँग घटनाबारे जानकारी लिएको बताएका थिए।

सभामुख अर्यालले प्रहरी संगठनलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै आफूहरूको साथ रहेको बताएका थिए।

‘म पनि आफ्नो काम गरिरहेको छु। यहाँहरू उच्च मनोबलका साथ काम गर्नुस्,’ सभामुखले भने, ‘एक प्रतिशत पनि मनोबल नघटाउनुस्। हामी तपाईँहरूको साथमा छौँ।’

गृहमन्त्रीले गरे आईजीपीको बचाउ

यसअघि गृहमन्त्री सुधन गुरुङले पनि आईजीपी कार्कीको बचाउ गरेका थिए। आफू अनुपस्थित रहेको बैठकमा लेखा समितिबाट भएको व्यवहारप्रति उनले असन्तुष्टि जनाएका थिए।

गृहमन्त्री गुरुङले उजुरीकै आधारमा कसैलाई दोषी ठहर गर्न नमिल्ने धारणा राखे। ‘उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन। आरोप जो कोहीलाई लाग्यो भन्दैमा चरित्रहत्या गर्न पाइँदैन। यसमा गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ,’ उनले भने।

आरोप जोसुकैले लगाउन सक्ने भएकाले त्यसको पुष्टि नभएसम्म कसैलाई दोषी ठहर गर्न नमिल्ने उनको भनाइ थियो।

निर्वाचन प्रहरीको पोसाकसम्बन्धी उजुरीमा विवाद

बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा निर्वाचन प्रहरीका लागि खरिद गरिएको पोसाकमा अनियमितता भएको उजुरीमाथि छलफल भएको थियो। सोही क्रममा आईजीपी कार्की र सांसद सुनारबीच भनाभन भएको थियो।

बैठकमा बोल्ने क्रममा ध्यान नपुर्‍याएको भन्दै रास्वपाले सांसद सुनारलाई सचेत गराउने तयारी गरेको स्रोतले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Italian Fishermen Export Invasive Blue Crabs to Salvage Livelihoods

Deadlocked Jury in Lindsay Clancy Trial Goes Home After Fifth Day Without Verdict

Lindsay Clancy Murder Trial: What Happens If Jury Can’t Reach Verdict?

Pennsylvania Police Officer Charged With Voluntary Manslaughter After Shooting College Student

Justice Department Seizes Over $560K in Cryptocurrency Donations Intended for Hamas

US Judge Rejects Bid to Break Up Google’s Ad Business

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu