ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाइमा मोबिलिटी एक्स्पोमा दर्शकको चाप बढेपछि शनिबार–आइतबार विशेष तयारी


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ९ : ५५   बजे

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा दर्शकको चासो बढेपछि आयोजकले शनिबार र आइतबारका लागि विशेष तयारी गरेको छ ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले बिदाका दिन धेरै दर्शक आउने अनुमान गर्दै पार्किङलगायत व्यवस्थापनलाई थप व्यवस्थित बनाएको जनाएको छ ।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले अवलोकनकर्ताको सुविधाका लागि पार्किङ स्थलको विशेष व्यवस्थापन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार एक्स्पोको सुरुवाती चार दिनमा भृकुटीमण्डप क्षेत्रका खुला स्थान र नेपाल पुलिस क्लब भवनका दुवै तला भरिए पनि पार्किङको समस्या देखिएको थियो ।

एक्स्पोको व्यवस्थापकीय साझेदार मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार एक्स्पो सुरु हुनुअघि नै भृकुटीमण्डपको गेटमा दर्शकको लाइन लाग्ने गरेको छ ।

तेस्रो दिनसम्ममा एक लाख आठ हजारभन्दा बढीले एक्स्पोको अवलोकन गरिसकेका छन् । उद्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारले एक्स्पो अवलोकन गरेका थिए । चौथो दिन भने ३१ हजारभन्दा बढी दर्शक पुगेका आयोजकले जनाएको छ ।

आयोजकले दैनिक औसत २५ हजार तथा एक्स्पो अवधिभर करिब डेढ लाख दर्शक आउने अपेक्षा गरेको छ ।

५५ भन्दा बढी ब्रान्डका सवारी

एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन् । विभिन्न कम्पनीले नयाँ मोडल सार्वजनिक गर्दै दर्शकलाई आकर्षित गरिरहेका छन् ।

दुईपाङ्ग्रे सवारीसाधनमा समेत दर्शकको उल्लेख्य भीड देखिएको छ । विशेषगरी महँगा ब्रान्डका मोटरसाइकल तथा स्कुटरमा युवाको आकर्षण बढेको आयोजकले जनाएको छ ।

दर्शकले सवारीसाधनको ब्याट्री क्षमता, मोटर, रेन्ज, बिक्रीपछिको सेवा, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र रिसेल भ्यालुलगायत विषयमा चासो राखेका छन् ।

ग्राहक आकर्षित गर्न कम्पनीहरूले मूल्यमा छुट, एक वर्षको बिमा, सवारी कर छुट, निःशुल्क सर्भिसिङ तथा सहुलियत ब्याजदरमा कर्जालगायत सुविधा उपलब्ध गराएका छन् ।

५२ नयाँ मोडल सार्वजनिक

एक्स्पोमा हालसम्म विभिन्न ब्रान्डले ५२ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिसकेका छन् ।

नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन एक्स्पोका मुख्य आकर्षण बनेका छन् ।

विभिन्न बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले समेत सवारी खरिदका लागि विशेष अफर तथा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइरहेका छन् ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Italian Fishermen Export Invasive Blue Crabs to Salvage Livelihoods

Deadlocked Jury in Lindsay Clancy Trial Goes Home After Fifth Day Without Verdict

Lindsay Clancy Murder Trial: What Happens If Jury Can’t Reach Verdict?

Pennsylvania Police Officer Charged With Voluntary Manslaughter After Shooting College Student

Justice Department Seizes Over $560K in Cryptocurrency Donations Intended for Hamas

US Judge Rejects Bid to Break Up Google’s Ad Business

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu