ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झारखण्डमा तीर्थयात्री सवार बस दुर्घटना, रौतहटका तीन जनाको मृत्यु


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   १० : ०५   बजे

रौतहट । भारतको झारखण्डमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा रौतहटका तीन जनाको मृत्यु भएको छ । गरुडा नगरपालिका–६ पोठियाहीबाट बोलबम यात्राका लागि भारत गएका तीर्थयात्री सवार बस झारखण्डको कोडरमा जिल्लामा दुर्घटनामा परेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा पोठियाहीका ६० वर्षीय नवल जयसवाल, उनकी श्रीमती र १० वर्षीय शिवम महतोको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीर्थयात्रीसमेत घाइते भएका छन् ।

स्थानीयका अनुसार पोठियाहीबाट गत आइतबार ना.६ ख १५५४ नम्बरको बसमा ४५ जना तीर्थयात्री भारतको बैद्यनाथ धामका लागि प्रस्थान गरेका थिए । बासुकीनाथको दर्शन सकेर देवघर हुँदै राजगीरतर्फ जाने क्रममा शुक्रबार बिहान करिब ३ बजे झारखण्डको कोडरमा जिल्लास्थित सतगावाँ थाना क्षेत्रमा बस र मालवाहक ट्रक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ । दुर्घटनालगत्तै सतगावाँ प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले घाइते तीर्थयात्रीको उद्धार गरी नजिकका अस्पतालमा पठाएको जनाएको छ ।

घाइतेको संख्या र उनीहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ । मृतक तथा घाइतेमध्ये अधिकांश पोठियाहीकै बासिन्दा रहेको स्थानीयले बताएका छन् ।

सतगावाँ थाना प्रमुख बब्लु सिंहका अनुसार प्रारम्भिक अनुसन्धानमा बस चालकलाई अत्यधिक निद्रा लागेको हुनसक्ने देखिएको छ । दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

दुर्घटनाको खबर फैलिएपछि पोठियाही गाउँ शोकमा डुबेको छ । मृतक तथा घाइतेका आफन्त शुक्रबार बिहानै चारवटा सवारीसाधन रिजर्भ गरेर भारततर्फ गएको स्थानीयले बताएका छन् । दुर्घटनाको खबरसँगै गाउँमा रुवाबासी चलेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले पनि घटनाबारे भारतीय सञ्चारमाध्यमबाट जानकारी प्राप्त भएको बताएका छन् । घटनाको विस्तृत विवरण बुझ्ने प्रयास भइरहेको उनले जानकारी दिए ।

बैद्यनाथ धाम दर्शनका लागि गएका थिए

तीर्थयात्रीहरू भगवान शिवको पवित्र तीर्थस्थल बैद्यनाथ धामको दर्शनका लागि भारत गएका थिए । बोलबम यात्रा हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण धार्मिक यात्रा मानिन्छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वप्रधानमन्त्रीका सचिवालयसँग जोडिएका व्यक्तिमाथि अख्तियारको अनुसन्धान तीव्र

तीन महिनापछि काठमाडौँ विश्वविद्यालयले पायो नयाँ उपकुलपति, प्राडा विवेक बराल नियुक्त

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Federal Housing Policies Linked to Disproportionately High Homelessness Among Black Men

Nepal Committee Urges Government Action on Human Rights Commission Recommendations

Nine-Year-Old’s Poem Sparks Call for Peace Amid Rising Global Tensions

Cuba Faces Deepening Crisis Six Months Into Intensified US Oil Blockade

Fauci Invokes Fifth Amendment, Refuses to Answer Pandemic Questions

Trump’s Summer of Discontent: From NATO Exit to Record Low Approval

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu