काठमाडौं । नेपाल आयल निगमले आज काठमाडौंका पाँच स्थानबाट खाना पकाउने एलपी ग्यास वितरण गरिरहेको छ।
निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्न लागिएको जनाएको हो। बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका स्थानबाट ग्यास खरिद गर्न सकिनेछ।
कुन स्थानमा कुन ग्यास?
- टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास।
- यातायात कार्यालय परिसर, चाबहिलबाट नेपाल र एचपी ग्यास।
- राधास्वामी कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ग्यास।
- राधास्वामी वसुन्धरा परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ग्यास।
- पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास।
निगमका अनुसार अति आवश्यक परेका उपभोक्ताले मात्र नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर तोकिएको बिक्री केन्द्रमा उपस्थित भई ग्यास खरिद गर्न सक्नेछन्।
निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र सम्बन्धित उद्योगहरूले आफ्ना विक्रेतामार्फत ग्यासको नियमित बिक्री–वितरण गरिरहेको पनि स्पष्ट पारेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्