ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुगुमकार्मारोङ गाउँपालिकाको जोखिमपूर्ण यात्रा


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ९ : १५   बजे

मुगु । मुगुमकार्मारोङ गाउँपालिकाका स्थानीयवासी जिल्ला सदरमुकाम गमगढी आउजाउ गर्दा जोखिमपूर्ण गोरेटो बाटोमा भगवान्को नाम जपेर यात्रा गर्न बाध्य छन्।

सडक सञ्जालसँग नजोडिएको गाउँपालिकामा पुग्ने मुख्य बाटो साँघुरो, भिरालो र कडा चट्टानबीचबाट जाने भएकाले स्थानीयवासी, कर्मचारी तथा सेवाग्राहीले ज्यानको जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था छ।

मुगुमकार्मारोङ गाउँपालिका–६ रिउसका टासी कामी दैनिक ज्यालादारी काम गर्छन्। गाडी पुगेको स्थान छायलसम्म भारी बोकेर सामान पुर्‍याउन आउँदा साँघुरो र अप्ठ्यारो बाटोमा हरेक दिन त्रासमा यात्रा गर्नुपर्ने उनी बताउँछन्। “बेलुका घर पुगिन्छ कि पुगिँदैन भन्ने डरले बाटोमा भगवान्को नाम जपेर हिँड्नुपर्ने अवस्था छ,” उनले भने।

पहिरो र ढुंगा खस्ने जोखिम

गाउँपालिका पुग्ने मुख्य गोरेटो बाटो कर्णाली नदीको किनार हुँदै अग्ला भिर र कडा चट्टानबीचबाट जानुपर्छ। सडक सुविधा नहुँदा स्थानीयवासी, कर्मचारी तथा सेवाग्राही सबैले यही जोखिमपूर्ण बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ।

मुगुमकार्मारोङ–२ का स्थानीय साङ्मगुम लामाका अनुसार बर्खायाममा पहिरो खस्ने, ढुंगा झर्ने तथा कतिपय स्थानमा गोरेटो बाटो नै बगाउने भएकाले जोखिम झनै बढ्ने गरेको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख बलिराज बुढाका अनुसार साँघुरो बाटो, उकाली–ओराली र पहिरोका कारण कर्मचारी तथा नागरिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। “कुन बेला के हुन्छ भन्ने डरैडरमा यात्रा गर्नुपर्छ। गाउँपालिका अहिलेसम्म सडक सञ्जालमा नजोडिँदा स्थानीयदेखि कर्मचारी र विद्यार्थी सबैले जोखिम मोलेर हिँड्नुपर्ने अवस्था छ,” उनले भने।

कडा चट्टानले सडक निर्माणमा समस्या

मुगुमकार्मारोङ–८ स्थित माग्रीडाँडामा कडा चट्टानका कारण यात्रा थप जोखिमपूर्ण बनेको छ। करिब एक घण्टाको उकालो साँघुरो बाटो पार गर्नुपर्ने भएकाले यात्रुहरू त्रसित हुने गरेका छन्।

माग्रीडाँडाको कडा चट्टान फोडेर बाटो विस्तार गर्न सके गाउँपालिकासम्मको यात्रा सहज हुने भए पनि चट्टानका कारण सडक निर्माणमा समस्या भइरहेको बुढाले बताए।

केन्द्रसम्म सडक जोडिन सकेन

मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार गाउँपालिका अझै केन्द्र सरकारको सडक सञ्जालमा जोडिन सकेको छैन।

सडक सुविधा नहुँदा बर्खायाममा गाउँपालिका केन्द्र पुलुबजारसम्मै पहिरो र ढुंगा खस्ने जोखिम रहने उनले बताए। “साउनदेखि भदौको दोस्रो सातासम्म तल कर्णाली नदीको बहाव बढ्ने र माथिबाट ढुंगा खस्ने डर हुन्छ। त्यसैले यहाँका नागरिकले निकै सास्ती र त्रासबीच आवतजावत गर्नुपर्ने बाध्यता छ,” अध्यक्ष लामाले भने।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Gaza Amputees Struggle Under Blockade and Rubble

EU Pursuing More Russia Sanctions After Failed Airport Attack: Kallas

Swiss Police Confirm Rave Attack Perpetrator as Lone Shooter

Israeli Settler Attacks Leave Pregnant Woman in Shock

Israel Destroys Over 130,000 Buildings in Gaza

UK’s Burnham Faces First Parliament Grilling, Vows to ‘Bring Back Hope’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu