कैलाली । लगातारको वर्षाका कारण कैलालीस्थित पथरिया नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान नदीको जलसतह सतर्कता तह पार गर्दै निरन्तर बढिरहेको छ।
महाशाखाका अनुसार बिहान ११ः२० बजे पथरिया नदीको कैलाली जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो। पानीको बहाव अझै बढ्ने क्रममा रहेकाले नदी आसपासका तल्लो तटीय क्षेत्र र डुबानको जोखिममा रहेका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाले जारी गरेको सूचनामा नदी आसपास तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई शनिबार बेलुकासम्मै विशेष सतर्क रहन अनुरोध गरिएको छ।
सुरक्षित रहन आग्रह
नदीको बहाव बढिरहेकाले स्थानीयवासीलाई आवश्यक सावधानी अपनाउन तथा जोखिमयुक्त स्थानमा नबस्न महाशाखाले आग्रह गरेको छ।
महाशाखाले पथरिया नदीको जलसतह र बहाव निरन्तर निगरानी गरिरहेको जनाएको छ। पानीको बहाव अझै बढ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्वतयारीसहित सुरक्षित रहन आग्रह गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्