काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको नेतृत्व डा. शशांक कोइरालाले गर्ने भएका छन् ।
काठमाडौंमा सम्पन्न संस्थापनइतर समूहको राष्ट्रिय भेलाले कोइरालालाई आगामी १५औँ महाधिवेशनसम्म समूहका गतिविधि सञ्चालन गर्ने जिम्मेवारी दिएको हो ।
भेला संयोजकसमेत रहेका कोइरालाले अब १५औँ महाधिवेशनसँग सम्बन्धित विभिन्न गतिविधि अघि बढाउनेछन् । भेलाले १५औँ महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा सम्पन्न गर्ने निर्णय गर्दै त्यसअघिका नियमित पार्टी गतिविधि भेला आयोजक समितिका संयोजकले देउवाको निर्देशनमा संयोजन गर्ने निष्कर्ष निकालेको छ ।
यसअघि नेपाली कांग्रेसको संस्थापनइतर समूहको नेतृत्व पूर्णबहादुर खड्काले गर्दै आएका थिए ।
खड्काको स्थानमा कोइराला
राष्ट्रिय भेलासँगै संस्थापनइतर समूहको नेतृत्व परिवर्तन भएको हो । अब शशांक कोइरालाले समूहको नेतृत्व गर्दै १५औँ महाधिवेशनको तयारी तथा आवश्यक गतिविधि अघि बढाउनेछन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्