चितवन । चितवनको मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वीराजमार्गमा सोमबार राति १०ः२५ बजे रूखसहितको सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो हटाएपछि मंगलबार बिहान ६ः१५ बजेदेखि नारायणगढ–काठमाडौं जाने र आउने दुवैतर्फका सवारीसाधन सञ्चालनमा आएका छन् ।
सडक अवरुद्ध हुँदा बीच बाटोमा रोकिएका सवारीसाधनसमेत गन्तव्यतर्फ लागेका छन् ।
लगातारको वर्षाका कारण माटो खुकुलो भएर पहिरो खसेको हुनसक्ने प्रहरीले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्