काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न भएको छ ।
भेला संयोजक डा. शशांक कोइरालाले समापन समारोहमा भेलाको औपचारिक रूपमा समापन भएको घोषणा गरेका हुन् ।
समापन समारोहमा बोल्दै कोइरालाले आगामी दिनमा पनि पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।
उनका अनुसार भेलामा प्रस्तुत विभिन्न प्रस्तावलाई आवश्यक परिमार्जनसहित पारित गरिएको छ । भेलाले पार्टीको आगामी महाधिवेशन, राष्ट्रिय एकता, संविधान संशोधन तथा धर्म–संस्कृतिलगायत विषयमा प्रस्ताव पारित गरेको बताइएको छ ।
प्रस्ताव पारित
भेलामा प्रस्तुत विभिन्न प्रस्ताव छलफलपछि परिमार्जनसहित पारित गरिएको संयोजक कोइरालाले जानकारी दिए ।
पारित प्रस्तावमा पार्टीको १५औँ महाधिवेशनको तयारी, राष्ट्रियता तथा लोकतन्त्रको सुदृढीकरण, संविधान संशोधन र सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने विषय समेटिएका छन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्