ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भित्ताभित्र भेटियो ९० लाख युरोको सुन, मालिक पत्ता लगाउन प्रहरी अनुसन्धानमा


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ५ : ३५   बजे

काठमाडौं । बेल्जियमको इस्ट फ्ल्यान्डर्समा घर मर्मतका क्रममा मजदुरहरूले भित्ताभित्र करिब ९० लाख युरो (करिब १ अर्ब ५८ करोड ७० लाख रुपैयाँ) बराबरको सुन फेला पारेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार ढलको पाइप बिछ्याउन ड्रिलिङ गर्ने क्रममा मजदुरहरूले ठूलो परिमाणमा सुनका सिक्का र सुनका टुक्रा फेला पारेका हुन्।

सुन भेटिएपछि यसको वास्तविक मालिक को हो र कानुनी रूपमा कसको स्वामित्वमा जाने भन्ने विषयमा अनुसन्धान सुरु भएको छ। प्रहरीले निर्माणस्थलमा थप खजाना खोज्न मानिसहरूलाई रोक लगाएको छ। घरमा पूर्ण रूपमा खोजतलास गरी भेटिएको सुन सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ।

सुन फेला पार्ने मजदुरमध्ये १८ वर्षीय कोबे नामका विद्यार्थी पनि छन्। गर्मीको बिदामा अतिरिक्त आम्दानीका लागि मजदुरी गरिरहेका उनले सुरुमा आफूहरूले युरोका सिक्का भेटिएको ठानेको बताए। पछि सुनको टुक्रासमेत भेटिएपछि घटना असाधारण भएको थाहा पाएको उनको भनाइ छ। मजदुरहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए।

साइट म्यानेजर मारियोका अनुसार सुनको परिमाण यति ठूलो थियो कि त्यसलाई लुकाउन सम्भव थिएन। उनका अनुसार सुन लुकाउनु चोरीसरह हुने भएकाले प्रहरीलाई खबर गर्नु नै उचित निर्णय थियो।

सुन भेटिएको भवन हाल सीएडब्ल्यू ओस्ट–भ्लान्डेरेन नामक सामाजिक तथा कल्याणकारी संस्थाको स्वामित्वमा रहेको छ। संस्थाका निर्देशक गीर्ट हिलर्टले खजाना भेटिएको खबरले आफूहरू आश्चर्यचकित भएको बताएका छन्। वास्तविक मालिक फेला नपरेमा भविष्यमा उक्त रकम संस्थाको सामाजिक कार्यमा उपयोग गर्न सकिने आशा उनले व्यक्त गरेका छन्।

बेल्जियमको कानुनी व्यवस्थाअनुसार वास्तविक मालिकले पाँच वर्षभित्र आफ्नो स्वामित्व दाबी गर्न सक्नेछन्। मालिक पत्ता नलागेमा अरूको जमिनमा लुकाइएको खजाना फेला पार्ने व्यक्ति र जमिनको मालिकबीच बाँडिन सक्ने कानुनी व्यवस्था रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।

तर खजाना कुनै आपराधिक गतिविधिसँग सम्बन्धित नरहेको पुष्टि हुनुपर्नेछ। त्यसैले अहिले मजदुरहरू र भवनको स्वामित्वमा रहेको संस्थाले १ हजार ८२३ दिनसम्म वास्तविक मालिक दाबी गर्न कोही आउँछ कि आउँदैन भन्ने प्रतीक्षा गर्नुपर्ने भएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Gaza Amputees Struggle Under Blockade and Rubble

EU Pursuing More Russia Sanctions After Failed Airport Attack: Kallas

Swiss Police Confirm Rave Attack Perpetrator as Lone Shooter

Israeli Settler Attacks Leave Pregnant Woman in Shock

Israel Destroys Over 130,000 Buildings in Gaza

UK’s Burnham Faces First Parliament Grilling, Vows to ‘Bring Back Hope’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu