काठमाडौं । देशका विभिन्न स्थानमा आइतबार दिउँसो तथा अपराह्न वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै स्थानमा मध्यमसम्मको वर्षा भएको छ।
विभागका अनुसार पछिल्लो तीन घण्टामा काठमाडौंको बूढानीलकण्ठमा सबैभन्दा धेरै ४६.६ मिलिमिटर वर्षा मापन भएको छ। उक्त तथ्यांक आइतबार अपराह्न ४ः५० बजेसम्मको हो।
हाल वाग्मती र लुम्बिनी प्रदेशका केही स्थान तथा कोसी, मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको विभागले जनाएको छ।
वर्षा जारी रहेका क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले विभागले सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी नदी तथा खोलानाला आसपासका क्षेत्रमा पानीको बहाव बढ्न सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्