ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा भन्छन् : न्यायालयप्रति पूर्ण विश्वास छ, पार्टीको आधिकारिकतामा न्याय पाउने आशा


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ५ : ४५   बजे

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयले आफू र आफ्नो पार्टीलाई विगतदेखि नै न्याय दिँदै आएको भन्दै न्यायालयप्रति पूर्ण विश्वास रहेको बताएका छन्।

काठमाडौंमा आयोजित कांग्रेस इतर समूहको सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै देउवाले पञ्चायतकालदेखि नै आफू र पार्टीले न्यायालयबाट न्याय पाएको उल्लेख गरे।

“विगतमा मलाई राजाले थुन्दा पनि न्यायालयले शाही आयोग खारेज गरेको हो,” देउवाले भने, “अहिले पनि हाम्रो पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा छ, न्याय पाइने अपेक्षा गरेका छौँ।”

विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने भन्दै आफूले सहमतिका आधारमा अघि बढ्न आग्रह गरेको उनले स्मरण गरे। विशेष महाधिवेशन आफूले नचाहेको र सबैको सहमतिमा महाधिवेशन गर्नुपर्ने आफ्नो धारणा रहेको उनको भनाइ थियो।

फरक प्रसङ्गमा देउवाले आफू हिन्दू धर्मावलम्बी भएको र हिन्दू संस्कार मान्दै आएको बताए। कसैलाई पनि आफ्नो धर्म मान्नबाट वञ्चित गर्न नहुने उनको भनाइ थियो। उनले बुद्ध धर्मप्रति पनि उत्तिकै श्रद्धा रहेको बताउँदै सबै धर्मावलम्बीप्रति सम्मान व्यक्त गरे।

स्वास्थ्य उपचारका क्रममा पाँच महिना विदेशमा रहेका देउवा बिहीबार स्वदेश फर्किएका थिए। उनले पार्टीका नेता तथा कार्यकर्ताबाट पाएको साथ र सद्भाव आफूले कहिल्यै नबिर्सने बताए।

पाँच प्रस्ताव पारित

पार्टीका पूर्वमहामन्त्री एवं सम्मेलन संयोजक डा. शशाङ्क कोइरालाले पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए। सम्मेलनले पाँचवटा प्रतिवेदन पारित गरेको उनले जानकारी दिए।

सम्मेलनबाट पार्टीको १५औँ महाधिवेशनको तयारी, सनातन धर्म मान्ने स्वतन्त्रता, संविधानमा समसामयिक संशोधनलगायत प्रस्ताव पारित भएका छन्।

शुक्रबारदेखि सुरु भएको तीनदिने भेलामा विमलेन्द्र निधिले राजनीतिक, डा. प्रकाशशरण महतले आर्थिक, एनपी साउदले समसामयिक, रमेश लेखकले कानुन तथा विधान र उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव प्रस्तुत गरेका थिए। प्रदेशगत छलफल र धारणा प्रस्तुतिपछि सम्मेलन समापन गरिएको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिए।

कांग्रेसको आधिकारिकताको मुद्दा

कांग्रेसको पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनले तत्कालीन महामन्त्री गगनकुमार थापालाई सभापतिमा चयन गर्दै नयाँ केन्द्रीय कार्यसमिति बनाएको थियो।

विशेष महाधिवेशनमा सहभागी नभएको तत्कालीन संस्थापन पक्षले त्यसलाई अवैध दाबी गर्दै निर्वाचन आयोगमा उजुरी दिएको थियो। आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई मान्यता दिएपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत पुगेको थियो।

सर्वोच्चले पनि आयोगको निर्णयलाई मान्यता दिएपछि असन्तुष्ट पक्षले पुनरावलोकनका लागि निवेदन दिएको थियो। सो निवेदनमा सर्वोच्चको पूर्ण इजलासले साउन २१ गते निस्सा प्रदान गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Gaza Amputees Struggle Under Blockade and Rubble

EU Pursuing More Russia Sanctions After Failed Airport Attack: Kallas

Swiss Police Confirm Rave Attack Perpetrator as Lone Shooter

Israeli Settler Attacks Leave Pregnant Woman in Shock

Israel Destroys Over 130,000 Buildings in Gaza

UK’s Burnham Faces First Parliament Grilling, Vows to ‘Bring Back Hope’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu