ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धुलिखेल–दाप्चा सडक १० मिटर चौडा बनाइँदै, ३ अर्ब ८० करोड लागत अनुमान


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ६ : ४५   बजे

काभ्रेपलाञ्चोक । बीपी राजमार्गको प्रवेशबिन्दु धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडकखण्ड विस्तार गरी मुख्य कालोपत्र भाग १० मिटर चौडा बनाइने भएको छ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार हाल औसतमा करिब ५.५ मिटर चौडाइ रहेको उक्त सडकखण्डलाई करिब २० किलोमिटर दूरीमा विस्तार गर्न लागिएको हो। सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको कार्यालयले जनाएको छ।

डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार सडक विस्तारका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्ने कामसमेत अघि बढिरहेको छ।

करिब ३ अर्ब ८० करोड खर्च हुने

डीपीआरअनुसार धुलिखेल–दाप्चा सडक विस्तारमा अनुमानित ३ अर्ब ७९ करोड ७८ लाख रुपैयाँ खर्च हुने देखिएको छ।

कार्यालयले प्रतिकिलोमिटर सडक कालोपत्र गर्न मात्रै करिब १८ करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ।

सडक विस्तारका क्रममा दायाँ–बायाँ १५ मिटरसम्म पर्ने संरचना तथा जग्गाको मुआब्जा वितरणसमेत भइसकेको कार्यालयले जनाएको छ। विस्तार हुने सडकखण्ड धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्ध नगरपालिकाभित्र पर्दछ।

बीपी राजमार्ग पुनर्निर्माण पनि तीव्र

यसैबीच, गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माणको काम पनि अघि बढिरहेको छ।

२०८१ असोजमा आएको बाढीपहिरोका कारण भकुन्डेबेंसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकखण्डमा ठूलो क्षति पुगेको थियो। रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिए पनि क्षतिग्रस्त खण्डमा अहिले स्थायी पुनर्निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ।

पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चारवटा प्याकेजमा ठेक्का सम्झौता गरिएको छ।

काभ्रेपलाञ्चोकतर्फका तीन खण्डका लागि करिब ७ अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीतर्फको एक खण्डका लागि करिब १ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरिएको छ।

जापानी सहयोगमा बनेको रणनीतिक राजमार्ग

धुलिखेल–सिन्धुली–बर्दिबास जोड्ने बीपी राजमार्ग नेपालको पूर्वी तथा मध्य पहाडी क्षेत्रलाई राजधानीसँग जोड्ने महत्वपूर्ण सडकमार्ग हो।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि निर्माण सुरु भएको १६० किलोमिटर लामो बीपी राजमार्ग निर्माण सम्पन्न भएपछि २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो।

अब धुलिखेलदेखि दाप्चासम्मको सडक फराकिलो बनाउने योजना र बाढीपहिरोबाट क्षतिग्रस्त खण्डको पुनर्निर्माणले बीपी राजमार्गको क्षमता, सुरक्षा र दीर्घकालीन सञ्चालनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुनी प्रभाव कायमै, ६ प्रदेशमा भारी वर्षाको सम्भावना

बाढीपहिरोले म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

देशभर मनसुनी प्रभाव कायमै, ६ प्रदेशमा भारी वर्षाको सम्भावना

बाढीपहिरोले म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

Trump’s Working-Class Coalition Shows Signs Of Fracture

Trump Administration Surveilled Labor Unions And Nonprofit Groups In Minnesota

अब ७७ वटै जिल्लामा ‘सरकारी कुरियर’ सेवा, घरदैलोमै पुग्न थाले राहदानीदेखि लाइसेन्ससम्म

अमेरिका–इरानको ६० दिने शान्ति सम्झौता सकियो, ट्रम्पको अडान भने नरम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu