ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाचार प्रकाशित गरेकै आधारमा पत्रकार पक्राउ गर्न नमिल्ने : सर्वोच्च


ABC NEWS
२ भदौ २०८३, मंगलबार   १ : ५५   बजे

 

 

मुख्य समाचार:
काठमाडौं । सर्वोच्च अदालतले समाचार प्रकाशित गरेकै आधारमा सम्पादक वा प्रकाशकलाई पक्राउ गरी थुनामा राख्न नमिल्ने स्पष्ट गरेको छ। पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमाथि व्याख्या गर्दै सर्वोच्चले प्रेस स्वतन्त्रता संविधानले प्रत्याभूत गरेको मौलिक हक भए पनि यो अधिकार निरपेक्ष र सीमाविहीन नरहेको स्पष्ट पारेको हो।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले पत्रकार श्रेष्ठको रिट खारेज गर्दै हाजिर जमानीमा थुनामुक्त गर्न परमादेश जारी गरेको हो।

सर्वोच्चले संविधानको धारा १९ ले सञ्चारमाध्यमलाई समाचार, सम्पादकीय, लेख तथा अन्य सामग्री प्रकाशन र प्रसारण गर्ने अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै समाचार प्रकाशनकै कारण सञ्चारमाध्यम बन्द गर्ने, सामग्री जफत गर्ने वा सञ्चार अवरुद्ध गर्ने कार्य गर्न नहुने जनाएको छ।

तर गाली–बेइज्जती, अदालतको अवहेलना, सार्वजनिक शिष्टाचार तथा नैतिकताको प्रतिकूल कार्यलगायत संविधानले तोकेका अवस्थामा कानुन बनाएर प्रेस स्वतन्त्रतामा मनासिव प्रतिबन्ध लगाउन सकिने सर्वोच्चको व्याख्या छ।

त्यसैगरी, समाचार वा तस्बिर प्रकाशनबाट कसैको वैयक्तिक गोपनीयता उल्लंघन भएको दाबी भए त्यसबारे अनुसन्धान गरी सम्बन्धित अदालतबाट कानुनी परीक्षण गर्न सकिने सर्वोच्चले जनाएको छ। पत्रकार तथा सञ्चारमाध्यमलाई पनि अनुसन्धान र न्यायिक परीक्षणबाट पूर्ण रूपमा उन्मुक्ति नहुने तर समाचार प्रकाशित गरेकै आधारमा पक्राउ र थुनामा राख्न नहुने सर्वोच्चको आदेशको मुख्य सन्देश छ।

श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयता उल्लंघनसम्बन्धी जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको र कानुनबमोजिम म्याद थप गरिएको अवस्थामा उनको थुना गैरकानुनी नभएको पनि सर्वोच्चले ठहर गरेको छ।

यससँगै सर्वोच्चको आदेशले प्रेस स्वतन्त्रता र व्यक्तिको वैयक्तिक गोपनीयताको अधिकारबीच सन्तुलन कायम गर्नुपर्ने स्पष्ट सन्देश दिएको छ। सञ्चारमाध्यमले प्रकाशित सामग्रीका विषयमा कानुनी जवाफदेहिता बहन गर्नुपर्ने भए पनि राज्यका निकायले समाचार प्रकाशनलाई नै आधार बनाएर सञ्चारमाध्यम वा पत्रकारमाथि मनोमानी कारबाही गर्न नहुने सर्वोच्चको व्याख्याले स्पष्ट पारेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यास अभावविरुद्ध नेविसंघको प्रदर्शन, खाली सिलिन्डर बोकेर विद्यार्थी सडकमा

डीएलएको १२औँ महाधिवेशन भदौ १९ र २० गते, अध्यक्षमा आधा दर्जन आकांक्षी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मस्कोमा युक्रेनको ठूलो ड्रोन आक्रमण, ६२० भन्दा बढी ड्रोन प्रहार भएको रुसी दाबी

आकाश श्रेष्ठले स्वीकारे करुणा श्रेष्ठसँगको प्रेम सम्बन्ध

ग्यास अभावविरुद्ध नेविसंघको प्रदर्शन, खाली सिलिन्डर बोकेर विद्यार्थी सडकमा

तीन निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा

हुवावे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक, खरिदमा फ्रीबड्स एस २ निःशुल्क

डीएलएको १२औँ महाधिवेशन भदौ १९ र २० गते, अध्यक्षमा आधा दर्जन आकांक्षी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu