ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईयू राजदूत लोरेन्जोको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट


ABC NEWS
२ भदौ २०८३, मंगलबार   २ : १५   बजे

 

काठमाडौं । नेपालका लागि युरोपेली संघ (ईयू)की राजदूत भेरोनिक लोरेन्जोले मंगलबार परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेकी छन्।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–ईयू सम्बन्ध, आपसी हित र चासोका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले राजदूत लोरेन्जोको खुलापन, इमानदारी र सहयोगका लागि धन्यवाद दिँदै नेपाल तथा परराष्ट्र मन्त्रालयप्रति उनले देखाएको सहयोगको प्रशंसा गरे।

राजदूत लोरेन्जोले हिमाल तथा पानीसम्बन्धी एजेन्डामा नेपालसँग सहकार्य गर्न ईयू इच्छुक रहेको बताइन्। जवाफमा मन्त्री खनालले हिमालसम्बन्धी विषय नेपाल सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै सगरमाथा संवादको दोस्रो संस्करण आगामी वर्ष आयोजना हुने जानकारी दिए।

सुरक्षित आप्रवासनमा सहकार्य

भेटमा सुरक्षित, व्यवस्थित र मर्यादित आप्रवासनका विषयमा पनि छलफल भएको छ। राजदूत लोरेन्जोले यस क्षेत्रमा नेपालसँग सहकार्य गर्ने ईयूको योजना रहेको बताइन्।

मन्त्री खनालले ईयूको प्रस्तावको स्वागत गर्दै थप अध्ययन र विचारका लागि विस्तृत जानकारी उपलब्ध गराउन आग्रह गरे। उनले सुरक्षित तथा मर्यादित आप्रवासन नेपालका लागि प्राथमिकताको विषय रहेको र विदेशमा रहेका नेपाली डायस्पोराको संरक्षणमा सरकार गम्भीर रहेको बताए।

त्यस्तै, नेपाल अल्पविकसित मुलुक (एलडीसी)बाट स्तरोन्नति हुने प्रक्रियामा देखिएको स्थगनका विषयमा पनि छलफल भएको थियो। राजदूत लोरेन्जोले नेपालले ठोस कार्ययोजना र आवश्यक विवरण प्रस्तुत गरेपछि ईयूबाट सहयोग हुने बताइन्।

कला र सांस्कृतिक सहकार्य

भेटमा नेपाली कला, संस्कृति तथा सभ्यताको प्रवर्द्धन, खुलापन र अभिव्यक्ति स्वतन्त्रताका विषयमा समेत विचार आदानप्रदान भएको थियो।

राजदूत लोरेन्जोले नेवा कला प्रदर्शनीसम्बन्धी कार्यक्रमका लागि परराष्ट्र मन्त्रालयको सहयोगको आग्रह गरिन्। मन्त्री खनालले नेपालको सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि सरकारको निरन्तर सहयोग र प्रतिबद्धता रहने बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यास अभावविरुद्ध नेविसंघको प्रदर्शन, खाली सिलिन्डर बोकेर विद्यार्थी सडकमा

डीएलएको १२औँ महाधिवेशन भदौ १९ र २० गते, अध्यक्षमा आधा दर्जन आकांक्षी

सम्बन्धित

आइएमई लाइफको नवौं वार्षिकोत्सव : रक्तदानदेखि नवजात शिशुको स्वास्थ्यसम्म सामाजिक उत्तरदायित्व विस्तार

तीन निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा

हुवावे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक, खरिदमा फ्रीबड्स एस २ निःशुल्क

रास्वपा सांसद न्यौपानेको प्रश्न : ‘लुटिएको सुनको मूल्य कहिले पाउँछन् पीडितले?’

एनसेल र बीवाईडीबीच साझेदारी, अब गाडीमै आईओटी सिम र इन्टरनेट

एमाले सांसद खातुनको सरकारप्रति आक्रोश, ‘गलत काममा प्रतिपक्षले समर्थन गर्दैन’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu